• धनगढी – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि हनन गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको बताएका छन्। पत्रकारहरुलाई साइबर अपराधका मुद्दा लगाएर पक्राउ गर्न लगाउनु सरकारको अनैतिक क्रियाकलाप भएको देउवाको भनाइ छ।

    नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै देउवाले भने, ‘पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप सरकारले गरिरहेकाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको छ।’ समाजको आँखा पत्रकार भएको बताउँदै उनले सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको बताए।

    पत्रकारले गलत समाचार लेखेमा अदालती प्रक्रिया खुला भए पनि प्रहरी लगाएर पक्राउ गर्न लगाएर सरकारले प्रेसलाई दमन गर्न खोजेको उनले बताए। देशको विकास नचाहने भ्रष्ट कम्युनिष्ट नेताहरु भएकाले भ्रस्टाचारविरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने काम सरकारले गरिरहेको उनको आरोप छ। सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्नुभन्दा अब सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको सभापति देउवाले बताए।

    दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि जनताले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्क बढेको देउवाले बताए। कम्युनिष्ट पार्टीका नेताहरुले झुटा आश्वासन दिएर मात्रै भोट माग्ने बताउँदै सभापति देउवाले जनताको मर्मअनुसार काम गर्ने एक्लो पार्टी कांग्रेस भएको दावी गरे।

    कम्युनिष्ट नेताहरुका जस्ता झुटा भाषण दिन नजानेर कांग्रेस यस पटकको निर्वाचनमा पराजित भएको बताउँदै उनले कांग्रेसप्रति जनतामा उत्तिकै माया रहेको दावी गरे। कम्युनिष्ट सरकारले कहिल्यै जनताका पक्षमा काम गर्न नसक्ने संकेत १ वर्षमै देएिको उनले बताए।

    देउवाले नेपाली कांग्रेस सबै धर्म, जातजातिको सम्मान गर्ने पार्टी भएको बताए। वर्तमान सरकारकै मन्त्रिमण्डल हेरेर कम्युनिष्ट पार्टी कुन जातिको कति सम्मान गर्ने रहेछ भन्ने कुरा स्पष्ट भइसकेको बताउँदै उनले कांग्रेसले गरेका कामहरु सबै जनतासामु पु¥याएर पार्टीमा सबै जातजातिको सहभागिता बढाउन कार्यकर्तालाई निर्देशन दिए। नेपाली कांग्रेसले सबै जातजातिको सहभागिता बढाउनका लागि आउँदो महाधिवेशनमा ६ वटा सहमहामन्त्री राख्ने कुरा भइरहेकाले त्सबाट एकजना महामन्त्री मगर संघका लागि छुट्याइने उनले आश्वासन दिए।

    प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद, रमेश लेखक, सुदूरपश्चिमका ९ वटै जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्यहरु, भ्रातृ संगठनका कार्यकर्ता लगायतको सहभागिता थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…