• काठमाडौँ, ४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलि (वैशाख ५ गते) बिहीबारको नेपाल बन्द सफल पार्न आम जनसमुदायलाई अपिल गरेको छ ।

    यस बिषयमा उक्त पार्टीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘केपी ओलीसरकारले प्रतिबन्ध लगाएको प्रति गम्भिर ध्यानाकर्षण जनाइएको छ ।

    सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ, विज्ञप्तीमा भनिएको छ ।

    उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’

    अपिलमा अगाडि भनिएको छ, ‘अधकचल्टो क्रान्तिले केही व्यक्ति र नेताहरूलाई सत्ताभोगी लुटेरा वर्गमा पतन गरिदिन्छ । जनयुद्धलाई हामी यसबाट बचाउन चाहन्थ्यौँ । पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म न जनता मुक्त हुनेछन्, न त सुखी र समृद्ध नै हुनेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…