• वैशाख ४, काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई ७ दिनभित्र पुँजीगत लाभकर तिर्न पत्र पठाएको छ ।

    एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको हो ।

    सरकारले टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभकर ७ दिनभित्र तिर्न भनेको हो ।

    सर्वोच्च अदालतले गत माघमा एनसेललाई कर तिराउन सरकारलाई आदेश दिएको थियो । सो फैसलाको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेललाई पत्र पठाएको हो ।

    एनसेल खरिद विक्री भएको मुल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभकर तोक्न र तीन महिनाभित्र उठाउन सरकारलाई सर्वोच्चले आदेश दिएको थियो ।

    त्यसबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण हुने ठहर भएको थियो । विभागले भने कर, शुलक र ब्याज गरी ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

    त्यसमध्ये एनसेलले खरिदबिक्रीबापत २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ यसअघि नै कर तिरेको थियो भने २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ विलम्ब शुल्कवापत पनि भुक्तान गरेको थियो ।

    अब ६२ अर्बमध्ये बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ एनसेलले सात दिनभित्रै तिर्नुपर्ने भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…