• मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,आजको शुभ अंक ३ रहेको छ ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ, मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,आजको शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,चिताएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, आजको शुभ अंक ५ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)=विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक ६ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ११ रहेको छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ, टाढिएका साथीभाइ नजिकिनेछन्,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक ९ रहेको छ। दिब्यज्योतिस बाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…