• अनिस तामाङ,युएई
    बैशाख-५

    तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले आयोजना गरेको पहिलो एेतिहासिक डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी पूरा भएको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू चलनचल्तिको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको भन्दै युएईमा डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

    "हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान" भन्ने मुल नारा लिएर अप्रिल १९ तारिख युएईको देरादुबई स्थित कार्ल्टन टावरमा हुन लागेको उक्त कार्यक्रमका लागि नेपालबाट तामाङ चलचित्र देखि सेलो जगतका चर्चित हस्तिहरु आज युएई आइसकेका छन ।

    जसमा चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जितु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको बरिस्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुस्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ लगायतका कलाकारहरुलाई कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ, जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा लगायतका युएईमा रहेका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले खादा लगाएर भव्य स्वागत गर्दै रोजगारीको शिलशिलामा युएईमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अपिल समेत गरेका छन् ।

    डम्फू साँझ कार्यक्रमका लागि मुख्य प्रायोजको रुपमा फिस्टल ट्राभल्स एण्ड टुरिजम एलएलसि छन भन्ने अरु अन्य प्रायोजकहरुमा पुरानो नेपाली रेष्टुरेन्ट, नशा दोहोरी साँझ, एनपिएल ग्लोबल, बराहा ज्वइलरी, बराहा मिनि मार्केट, कन्चनजंगा रेष्टुरेन्ट, नेपाली गोल्स सप, रोयल डिसकभरि लगायत रहेका छन

    त्यसैगरि कार्यक्रमको सपोर्ट बाईको रुपमा तामाङ समाज युएई, नेपाली जन प्रगतिशील मंच युएई, त्रिसुली समाज युएई, नेपाल आदिबासी जनजाति महासंघ युएई काभ्रे सेवा समाज युएई, सर्लाही सेवा समाज लगायतका युएईका विभिन्न सामाजिक व्यक्तित्वहरुले समेत डम्फू साँझ कार्यक्रमलाई विशेष सहयोग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…