• ललितपुर। नेपालकोे पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण भएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार बिहीबार बिहान भूउपग्रह प्रक्षेपण भएको हो।

    नेपाली समय अनुसार बिहीवार बिहान २ः३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

    १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ। यो १ किलो ३३० ग्रामको छ। इएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपण गरिएको हो।

    नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो भूउपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएका छन्। भूउपग्रह प्रक्षेपण नासाको टेलिभिजन र वेबपेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। आज प्रक्षेपण गरिएको भूउग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा करिब डेढ महिना राखेपछि अन्तरिक्षमा छडिनेछ।’

    नेपाली भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ।

    जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरिएको छ। नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ।

    भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…