• बनेपा, ५ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन बिहानै काभ्रेको पनौती नगरपालिका ७ मा शंकास्पद वस्तु भेटिएको छ । पनौती मल्पी खोपासी जाने चोकमा दुईवटा बोराभित्र खतरा लेखी राखिएको शंकास्पद वस्तुलाई नेपाली सेना र नेपाल प्रहरीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    बस्ती नजिक व्यस्त सडकमा खतरा लेखी बोरामा तार बेरी राखिएको अवस्थाको शंकास्पद वस्तुलाई निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बोरामा बियरको सिसिलाई बोरा र तारले बेरेर त्रास फैलाउन नक्कली बम राखिएको थियो ।

    जिल्लामा बन्दको कुनै प्रभाव नरहेको भएपनि स्थानीय र यात्रु त्रसित भएका छन् । अरनिको र विपि राजमार्गमा यातायता सहज रुपमा सञ्चालन हुनुका साथै जिल्लाको मुख्य शहर बनेपा, धुलिखेल, पनौती, पाचँखाल र भकुण्डे बजारका पसलहरु खुल्ला रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…