• नवलपरासी, ५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु फेला परेको छ । देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि रातो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।

     

    यसैगरी गैंडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा पनि रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परेपछि सडक अवरुद्ध छ । घटनास्थललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

    बन्दका कारण सवारी साधन छिटफुट सञ्चालनमा रहे पनि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेर राखेको छ । बन्दका कारण बजार भने सुनसान देखिएको छ ।

    यस्तै नवलपुरको कावासोती १६ डण्डास्थित पत्थरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी भएको छ । आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…