• काठमाडौं, ५ बैशाख । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको एक बर्ष पुग्न लाग्दा पनि तल्ला तहमा पूर्ण रुपमा एकता हुन सकेको छैन ।

    दुई पार्टीबीच ३ जेठ २०७५ मा एकिकरण भएको थियो । अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएपनि विवादमुक्त छैन् । गठन भएका समितिमा कामको बाँडफाँड नभएको भन्दै नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

    केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

    घोषणा भइसकेको प्रदेश कमिटीमा केपी शर्माओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच विवाद छ । फेरी नेकपामा ९ बैशाखमा पूर्ण एकता हुने नेताहरु दावी गरिरहेका छन् ।

    तर, कसरी हुन्छ भन्ने कसैले बताउँदैन । एकता हुनका लागि समझदारी हुनुपर्ने भएपनि त्यो हुन सकिरहेको छैन । यतिसम्म कि सहमति गर्नका लागि सचिवालय बैठक बस्न पनि सकिरहेको छैन् ।

    प्छिल्ला दिनमा अध्यक्षद्वय ओली र प्रचण्डले पेलेर एकतालाई टुंग्याउन लागिरहेका छन् भन्ने चर्चा परिचर्चा चल्न सुरु गरेको छ । केहि दिन अगाडि त्यसैका लागि उनीहरुले चन्द्रागिरीमा एक रात विताएका थिए ।

    तर, पेलेर जान खोजे नेता र कार्यकर्ताले निर्देशन अवज्ञा गर्ने पद्धति नेकपामा सुरु भएकाले त्यसलाई मिलाउन पनि गाह्रो देखिन्छ ।

    अध्यक्ष ओलीले आफ्नो सरकारको आलोचना हुन थालेपछि आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अरिंगाल बनेर प्रतिकार गर्न निर्देशन दिएपनि उनीहरु कोही अरिंगाल बन्न रुचाएन । त्यसले अध्यक्षका सबै निर्णय मान्न नेता कार्यकर्ता तयार हुँदैनन् भन्ने छनक दिएको छ ।

    पार्टीे एकताको ११ महिना बित्दा उल्लेखनीय काम गर्न पार्टीले सकेको छैन् । पार्टीको नाममै लामो समय अड्किएर कहिले निर्वाचन आयोग र कहिले सर्वोच्च अदालतसम्मै परेको मुद्धा अन्ततः छिनोफानो भएर कोष्टभित्रको (नेकपा) बनेको थियो ।

    एकता हुँदा ३ महिनाभित्र स्थानीय तहदेखि केन्द्रसम्म एकता गर्ने भनिएपनि चुनावी एकता र सत्ता एकताले फुर्सद नभएपछि अब एक वर्ष पनि काट्ने छाँट आएको छ । तर नेकपाका नेताहरु भने नेकपाको स्थापना दिवस बैशाख ९ गते नै सम्पूर्ण एकता गर्ने भन्नेतिर लागेका छन् ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालले पहिलेदेखि नै गुटबन्दी बनाए । झलनाथ खनाल, रामबहादुर थापा बादल र बामदेव गौतमले पनि सानो झुण्ड बनाएर खेलाइ रहे ।

    विशेषगरी ओलीले आफ्नो हैकमी पाल्दा यो अवस्था आएको नेकपाभित्रकै नेताहरु आरोप लगाउने गर्दछन् । अहिले ओली र प्रचण्ड एकातिर भएर नेता नेपाल, खनाललगायतलाई पेलेर अगाडि बढ्ने तयारी भइरहेको बताइन्छ । त्यही छनक बुझेर नेता नेपालले केहि समय अगाडि पार्टीमा समानान्तर समिति बनाउने तयारी समेत गरेका थिए ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिए ।

    तर, बैठकमा सहमति नभए पेलेरै जाने छनक ओली र प्रचण्डले दिएका थिए । पेल्नमा माहिर ओली र प्रचण्डले धेरै पेल्दा के हुन्छ भन्ने अघिका घटना पनि बुझ्न आवश्यक हुन्छ ।

    ओलीले पेल्दा विश्वासिला पात्र बामदेव गौतम टाढिएको पत्तो नपाएकै हुन त । अहिले पनि त्यस्तै पेलिए परिस्थिति भारी हुन सक्ने देखिएको छ ।

    प्रचण्डले पेल्ने सिद्धान्त लिएरै नेकपा माओवादी केन्द्रबाट सशस्त्र द्धन्द्धका सहयात्रीहरु डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्र विक्रम चन्द विप्लवलाई गुमाइसकेका छन् । अभियान टाइम्स साप्ताहिकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…