• खोटाङ । नेपाल कम्युनिष्ट पार्टीका ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–१ राखाबाङ्देलका नेकपाका ४२ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेस खोटाङको आयोजनामा मंगलबार भएको नयाँ वर्ष २०७६ सालको शुभकामना आदान–प्रदान तथा आमसभा कार्यक्रममा पूर्व नेकपा एमाले तथा माओवादी पार्टी परित्याग गरि ४३ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख समिर राईले जानकारी दिए ।

    ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–१ राखाबाङ्देलका पूर्व एमालेका वडा सचिव श्याम राईसहितको जम्बो टोली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुमा ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–१ राखाबाङ्देलका संजय राई, पूर्ण बहादुर मोची, रविन मोची, रामकुमार मोची, गुणाधन मोची, किस्वट राई, प्रकाश गिरी, रमेश गिरी, नारायण मोची, नेत्र बहादुर भुजेल, युवराज राई, रमिला परियार, कुमार राई, रहेका छन् ।

    यस्तै, सोही ठाउँकै खड्ग बहादुर सुनुवार, असारमान राई, बिनोद राई, सुरेन्द्र राई, राजन राई, सुमन राई, आषिश राई, सन्देश राई, श्याम थापा, दिपेश राई, मदन तामाङ, रोशन तामाङ, छत्र तामाङ, महेन्द्र तामाङ, वीरकुमार सुनुवार, गोवर्धन राई, किश्वट राई कांग्रेसमा प्रवेश गरेका छन् ।

    यस्तै, राजकुमार तामाङ, मोहन राई, सन्तोष विष्ट, खिल बहादुर बस्नेत, हेमकाजी खुलाल, नीरकुमार तामाङ, भद्रलाल तामाङ, जोन राई, सेर्वा राई, सुजन राई, हुरोन राई नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।
    कम्युनिष्ट सरकारप्रति वितृष्णा र निराशा भएको भन्दै उनीहरुले मुलुकमा कांग्रेसमात्र सच्चा जनताको भावना बुझ्ने पार्टी भएकोले कांग्रेसको झण्डामा गोलबन्द हुन आएको बताएका छन् ।

    मुलुकमा लोकतन्त्र प्राप्त भएको भएपनि कम्युनिष्ट सरकार लोकतन्त्रको रक्षाको सट्टा अधिनायकवादतर्फ उन्मुख भएकोले कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन् ।

    कांग्रेसमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, पूर्व संसद तथा महासमिति सदस्य सरस्वती बजिमयले माला अविर लगाएर स्वागत गर्दै पार्टीको चारतारे झण्डा हस्तान्तरण गरेका छन् ।

    नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अथिति समेत रहेका कांग्रेसका जिल्ला सभापति श्रेष्ठले कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दावि गरेका छन् । उनले नव प्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिकाका संयोजक हरेरामराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, पूर्व संसद तथा महासमिति सदस्य सरस्वती बजिमय, जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख समिर राई, कांग्रेसका महाधिवेशन प्रतिनिधि ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलालगायत दर्जनौ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…