• एनएमबि बैंकको ठूलो परिमाणमा कर्जा लगानी डुबेको तथ्य  प्राप्त भएको छ । बैंक श्रोतबाट प्राप्त तथ्यांक अनुसार बैंकको अर्बौ रकम उठ्न सकेको छैन ।

    केहि ठूला व्यावसायिक घरानाका व्यक्ति, केहि व्यापारीहरु तथा जलविद्युत् आयोजनामा गरेको लगानी समेत एनएमबि बैंकको रहेको छ । लगानीमा रहेको ठूलो परिमाणको रकम भने जोखिममा परेको बैंक श्रोतले जानकारी दिएको छ ।

    बैंक श्रोतका अनुसार ठूलो परिमाणमा कर्जा लगानी डुबे पछि बैंकले ऋण अशुली न्यायाधीकरण धाउन बाध्य भएको छ । आफूले उठ्न नसक्ने क्षेत्रमा लगानी गरेपछि उठ्न नसकेपछि बैंकले न्यायाधीकरण धाएको हो ।

     

    पछिल्लो समय एनएमबि बैंकको एक जलविद्युत् आयोजनामा गरेको लगानी डुबेको छ । पोकु दोधान लघुजलविद्युत् परियोजनामा बैंकले गरेको लगानी डुबेको हो । यसका सम्बन्धमा बैंकले न्यायाधीकरणमा मुद्धा दायर गरेको छ । बैंकले हालेको मुद्धाका विषयमा आजै सुनुवाई हुने बताइएको छ । ‘आजका लागि पेशी तोकिएको, आज भएन भने भोलिसम्म सुनुवाई हुन सक्छ’ बैंक श्रोतले भने, ‘अन्य कर्जाहरु पनि डुबेका छन्, सीईओ साब तनाबमा हुनुहुन्छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…