• धरान । पोखरामा बम विस्फोट हुँदा एक जना सैनिक घाइते भएका छन् ।

    पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन छेउमा भेटिएकाे शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा एक जना सैनिक घाइते भएका हुन् ।

    घाइते सैनिक, कालिभञ्जन गणमा कार्यरत सैनिक अमलदार धर्म थापा रहेकाे जिल्ला प्रहरी कार्यलय कास्कीले जानाएकाे छ। घाइते थापाकाे अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनकाे शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा हातका औंलामा क्षति पुगेको बताएकाे छ ।

    उक्त शंकास्पद वस्तु ‘डेटोनेटर’ भएकाे जिल्ला प्रहरी कार्यलय कास्कीले जानाएकाे छ ।

    नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दकाे प्रभाव पाेखरामा देखिएकाे छ । पाेखराकाे विभिन्न स्थानहरूमा संकास्पद वस्तुहरू भेटिएकाे छ । अांङ्शिकरूपमा निजी सवारीसाधन कुनै पनि सार्वजनिक यातायात नचल्नुका साथै शैक्षिक संस्थाहरुसमेत पूर्ण रुपमा ठप्प रहेका छन् ।

    पोखरा २९, पोखरा ९ न्यूरोड ट्रेड मल , पोखरा ५ जिरो किमीमा पनि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…