• काँकरभिट्टा । मेचीनगरको गौरवका रुपमा हेरिएको मेची नेत्रालय मेचीनगर गोल्डकपको चौँथो संस्करणको तयारी तीब्र रुपमा भइरहेको छ ।
    यहि बैशाख १२ गतेबाट काँकरभिट्टा माविको खेल मैदानमा हुने गोल्डकपको तयारीका लागि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अहोरात्र खटिरहेको छ ।

    मेचीनगर फुटबलको उर्वरभूमि हो । यहि मैदानबाट दर्जनौँ खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् । विगत ६ वर्षदेखि खेलाडी उत्पादनमा लागि परेको काँकरभिट्टा ट्रेनिङ सेन्टरले आफुले उत्पादन गरेका खेलाडीहरुलाई खेल जगतमा अघि बढाउन र राष्ट्र तथा अन्तराष्ट्रिय खेल खेलिसकेका खेलाडीहरुसँग मैदान र ड्रेसिङ रुपम सेयरीङको अवसर दिलाउँदैगोल्डकपको आयोजना गर्दै आएको छ । जुन यो वर्षको चौथो संस्करणका रुपमा रहेको छ ।
    । बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा रहँदै आएको छ ।
    यो प्रतियोगिता मेचीनगरकै सान भनिरहँदा अहिले केही संस्थाहरुको साथ र सहयोग रहे पनि आगामी वर्षहरुमा सिंगो नगरपालिकाले यसको स्वामित्व ग्रहण गर्दै अघि बढ्न आवश्यक देखिन्छ । सिंगो देश नै खेल पर्यटनमा अघि बढिरहेको बेला मेचीनगरको लागि भने यो प्रतियोगिता थप गौरवको विषय बन्न सक्छ ।
    नियमित रुपमा बर्षभरी नै विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना भईरहने यस खेल मैदान सधै ब्यस्त रहने गर्दछ । सधै व्यस्त रहेका कारण खेल मैदान व्यवस्थापन गर्न समय नै मिलिरहेको हुदैन । तर गोल्डकपको मिति नजिकिए संगै यस मैदानको व्यवस्थापनमा आयोजक व्यस्त छ । एक महिना अगाडी देखी खेल मैदानमा प्रतियोगिता तथा खेलकुद प्रशिक्षण कार्य बन्द गर्दै मैदान मर्मत तथा व्यवस्थापनमा आयोजक लागि रहेको गोल्डकप आयोजक समितिका सचिव अशोक राईले जानकारी दिनु भयो ।
    गोल्डकप हेर्न आउने फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले बासको प्यारापिट निर्माण कार्य धमाधम भईरहेको छ । करिव ४ हजार दर्शक क्षमताको प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको मैदान मर्मत समितिका संयोजक दिपक कार्कीले जानकारी दिनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…