• ५ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पाैडेललाई सिध्याउने खेल भएको भन्दै युवानेताहरू बहसमा उत्रिएका छन । नेकपाका केन्द्रीय सदस्य समेत रहेका राष्ट्रियसभाका सांसद खिमलाल भट्टराई र अनेरास्ववियुका महासचिव ऐन महरले समाजिक सञ्जालमा तर्कसहितको बहस सुरू गरेका छन । उनीहरूले विष्णु पाैडेल बालुवाटार जग्गा प्रकरणमा दोषी नभएको भन्दै बचाउ गरेका छन । पार्टीभित्रकै केही नेताहरूले दरबारमार्गका रेष्टुरेन्ट र होटलहरूमा बसेर पाैडेल सिध्याउने योजना बुन्न थालेपछि यस्तो अभियान सुरू भएको पाैडेल निकटका एक नेताले बताए । विगतमा डा शोभाकान्त ढकालको पैसामा म्यानपावर कम्पनीको खेती गरेर रकम जम्मा गरेका केही नेताहरू अहिले विष्णु पाैडेलका विरूद्धमा कुन एंगलबाट अाक्रमण गर्नेभनेर योजना तयार गरिरहेका हुन्छन ती नेताले भने ।

    अनेरास्ववियुका महासचिव महरले भने अभियान स्वस्फूर्त भएको बताएका छन । उनले दोस्रो तेस्रो पक्षबाट खरिद गरिएको जग्गाको विषयमा महासचिव पाैडेललाइ अनावश्यक रूपमा जोड्नु गलत भएको बताए । उनीहरूले प्रश्न गरेका छन, सुनिदैछ कार्यालय खडा गरेरै वहाँका विरुद्ध मोर्चावन्दी गरिदैछ रे, के व्यक्तिको नाममा रहेको जग्गा वहाँले खरीद गर्नु अपराध हो ? वहाँले सरकारी जग्गा हडपेको हो? के बिष्णु पौडेलको राजनीतिक कद घटाउने अस्त्रको रुपमा यसलाई लिन खोजिएको हो ?

    यस्तो छ फेसबुकमा ह्यासट्यागसहित सुरू भएको अभियान

    तथ्यको आधारमा सत्यको खोजी गरौं
    यहाँ स्याल हुइयाले सिंह तर्सिदैन,
    फलेको वृक्ष माथी नै ढुंगा प्रहार हुन्छन,
    नफलेको वृक्ष तिर कसैको ध्यान हुदैन,

    कमरेड बिष्णु पौडेल बिरुद्ध कोही किन यसरी खनिएका छन?
    सुनिदैछ कार्यालय खडा गरेरै वहाँका विरुद्ध मोर्चावन्दी गरिदैछ रे, के व्यक्तिको नाममा रहेको जग्गा वहाँले खरीद गर्नु अपराध हो ? वहाँले सरकारी जग्गा हडपेको हो? के बिष्णु पौडेलको राजनीतिक कद घटाउने अस्त्रको रुपमा यसलाई लिन खोजिएको हो ?
    बिष्णु पौडेल जमिनबाट उठेको नेता हो, राजनीति र पार्टी जीवनलाई भूईबाटै सिक्दै, छिचोल्दै र नेतृत्व गर्दै अगाडि बढेको नेता हो, कसैले ट्याप्प टिपेर नेता बनाईदिइ हालौन भनेर बनेको नेता होइन, कसैले दाउपेच नगरे हुन्छ रुख ढलिहाल्छकि भनेर, नवलपरासीमा रहेको आठ कठ्ठा जग्गा वेचेर किनेको जग्गा हो त्यो, कुनै स्रोत नखुलेको जग्गा हो र? सांसद र मन्त्री हुॅदा सम्पत्ति विवरणमा पेश गरिएको जग्गा हो त्यो, बदनियत राखेको, लुकाएर राखेको सम्पत्ति हो र ?
    जग्गाको ईतिहास नखोतल्नु गल्ती हो भने निजी सम्पत्ति विनाका यहाँ कोही छैनन, खरीद गर्दा जग्गाको तात्कालिक स्थिती नै हामी सबैले हेर्छौ, कतिले हेरौला लामो ईतिहास, अझै साथीभाई लाई भर विश्वास गर्ने चलन पनि छ हाम्रो, यस्तै भएको हो यहाँ पनि, एउटा गेडो भेटेपछि त्यसैबाट बिष्णु पौडेलको राजनीतिक जीवन खलबल गर्ने सपना कसैले देख्दैछौ भने त्यसो नगरेको राम्रो, त्यो दिवा सपना कहिलै पूरा हुनैछैन, त्यो तुहिएर जाने छ, एउटा लोकप्रिय र शक्तिशाली नेता लाई राजनीतिक रूपमा सिध्याउन नसकेपछि गैरराजनीतिक अस्त्र प्रहार गर्ने दुस्प्रयास र दुस्साहस हुदैछ, सडयन्त्र हुदैछ, त्यस्ता झुठ र भ्रमका कयौ तुनाबुना बाधिदैछन, यो मुल नेतृत्व माथिको प्रहार र सडयन्त्र बाहेक अरु केही होइन !!
    हिम्मत छ भने आउनुहोस बहस गरौं पार्टिका सबै नेता कार्यकर्ताको सम्पती राष्ट्रियकरण गरौं नत्र बकबास बन्द गरौं।आग्रह पुर्बाग्रह त्यागौं सत्य र तथ्यको खोजी गरौं।
    हामिलाई बिश्वास छ पार्टी महासचिव चिनबाट स्वदेश फर्किनु भए पछि सरकारि जग्गा हो भन्ने थाहा नपाएर खरिद गरिएको त्यो जग्गा सरकारलाई फिर्ता हुन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…