• कुमार खड्का बैशाख ५ पथरी
    मिस पथरी शनिश्चरे २०१९ को टाइटल मोरङ पथरीकी रिजु भट्टराईले जित्दै पहिलो मिस पालीका सुन्दरी वनेकी छिन ।
    बुधबार राति पथरीशनिश्चरेमा रहेको सिन पाट्री प्यालेसमा भएको प्रतियोगितामा भट्टराईले १६ जना प्रतिष्पर्धी हरुलाई पछि पार्दै पहिलो सुन्दरी प्रतियोगिताका ताज पहिरिएकी हुन ।
    माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगितामा ताजसहित रिजुले उपाधि र नगद ७५ हजार रुपैँया हात पारेकी छिन् ।
    विजेता भट्टराईले मिस पुर्वञ्चल सुन्दरी प्रतियोगितामा सोझै भागलिन पाउनुका साथै, वल्ड लिङ इन्टरनेटको बिज्ञापन र गायक समिर बि.क. को म्यूजिक भिडियोमा मोडलीङ गर्न पाउने भएकी छन ।
    भट्टराई पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा हुन । सानै देखी अव्वल प्रतिभा भएकी भट्टराईले जजले लिखीत रुपमा सोधेको प्रश्नको उत्तर ३ वटा भाषामा दिएकी थिईन ।
    प्रतियोगिताको फस्ट रनर अफ पथरी बहुमुखी क्याम्पसकी छात्रा तुलसा नेम्वाङ, सेकेन्ड रनर अफ रेजिना राई घोषित भइन् । उनीहरुले क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
    सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा अस्मिता तामाङलाई फोटोजेनिक फेस, रिजु भट्टराईलाई बेष्ट पर्सनालिटी, रेजिना राईलाई मिस ट्यालेन्ट, रोमा गुरुङलाई पब्लिक चोइज, तुलसा नेम्बाङलाई बेस्ट स्माइल टाइटल सहित नगद ७ हजार रुपैयाले सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…