• बैशाख ५ पथरी ।
    मोरङ बेलबारी–४ धरहरा चौककी दुवै मृगौला पीडित ३४ वर्षीय सरस्वती गुरुङको उपचारको लागि तमु धी ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्वारा ९७ हजार रुपैयाँ विहिबार पीडितलाई प्रदान गरिएको छ ।
    दक्षिण कोरियामा रहेका पथरीका अनिश गुरुङको संयोजकत्वमा सो रकम नेपाल पत्रकार महासंघ मोरङ पथरी सम्पर्क कार्यालयले मृगौला पीडित गुरुङकै निवासमा पुगेर हस्तान्तरण गरेको हो ।
    आर्थिक अवस्था दयनीय भएका गुरुङको विराटनगरस्थित नोवेल अस्पतालमा हप्तामा आइतबार र बुधबार दुई पटक डाइलोसिस गर्दैै आएको बिरामीकी दिदी कुमारी गुरुङले बताइन् ।
    गहरभरि आँसु पार्दै कुमारीले भनिन–‘हामीलाई एकदमै अप्ठ्यारो परिस्थितिमा तमु धी ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाबाट जुन किसिमको आज सहयोग प्राप्त भएको छ हामी उहाँहरुप्रति सदैव आभारी छौं ।’
    ‘श्रीमतीको यो हालतमा सहयोगीदाताहरुबाट हामीलाई सक्दो सहयोग भइरहेको छ, अब अहिले डाइलोसिस गरिरहेका छौं मृगौला प्रत्यारोपणका आर्थिक रकम संकलन भइरहेको छ, छिट्टै नै प्रत्यारोपणका लागि हामी भारत जाने तयारीमा रहेको गुरुङका श्रीमान् मानबहादुर गुरुङले भने ।’
    स्थानीय समाजसेवी तथा सरोकारवालाहरुद्वारा पनि सरस्वती गुरुङ बचाउ अभियानलाई अघि बढाइरहेका छन् ।
    नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राईले कोरियाबाट आएको सहयोग रकम पीडितका श्रीमान मानबहादुर गुरुङ, सरस्वती बचाउ अभियानका सदस्य रणबहादुर गुरुङ र बिरामी गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…