• विर्तामोड, ५ बैशाख । चन्द्रगढी विमानस्थलका प्रमुख पुर्णप्रसाद चुडाललाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको छ ।
    झापाको विर्तामोडमा बिहिवार वीरता जेसीजले आयोजना गरेको उत्कृष्ट नागरिक सम्मान कार्यक्रम २०७५ बाट विमानस्थल प्रमुख चुडाललाई सम्मान गरिएको हो । चुडाललाई प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले दोसल्ला ओढाएर स्वर्ण पदक,नगद तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
    चुडालले चन्द्रगढी विमानस्थललाई २ वर्षको अवधिमानै परिवर्तन गरेर रात्रीकालीन उडान, विमानस्थलको सरसफाई, मुआव्जा वितरण विवाद रहित बनाएको,विभिन्न उपकरण जोडेर यात्रुलाई सुरक्षित बनाएको भन्दै सम्मान गरीएको हो । यसै विच चुडालसंगै उहाकी धर्मपत्नि रिजु उप्रेती चुडाललाई पनि कार्यक्रममा प्रथम महिलाको रुपमा सम्मान गरिएको थियो । चुडालकी आमा लक्ष्मी उप्रेतीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । वीरता जेसिजले वार्षिकरुपमा विभिन्न विधामा योगदान पुर्याउने एक जना व्याक्तिलाई २०५२ सालबाट निरन्तररुपमा उत्कृष्ट नागरिककारुपमा सम्मान गर्दै आएको आयोजक शाखा वीरता जेसीज वर्ष २०१९ का अध्यक्ष विशाल थापाले बताउनु भयो ।
    यस सम्मानबाट २०५२ सालमा पहिलो पटक राजनीति सेवाबाट तुर्सा हेमरमलाई सम्मान गरीएको थियो भने गत वर्ष आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीलाई सम्मान गरीएको थियो । उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यसैगरी झापाका १४ वटा शाखाहरुले पनि सामुहिक सम्मान गरेका थिए । वीरता जेसीजले आयोजना गर्ने यस कार्यक्रममा झापाका सबै शाखाहरुले ऐकबद्धता जनाउँदै सम्मान गर्दै आएका छन् । कार्यक्रममा झापाका विभिन्न शाखाका शाखा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
    सम्मान प्रदान गर्नका लागि वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लागाई संयोजक र निवर्तमान अध्यक्ष एकराज गिरी सचिव रहेको उत्कृष्ट नागरिक सम्मान समारोह–२०७५ गठन गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…