• मेचीनगर, ५ बैशाख। मेचीनगर ८ स्थित काँकरभिट्टा स्रोत केन्द्रमा आयोजित एक कार्यक्रमका सहभागिहरुले मेचीनगरका सामुदाियक विद्यालयमा समस्यै समस्या रहेकाले सोचे अनुरुप विद्यालय सञ्चालन गर्न नसकिएको बताएका छन् । मेचीनगर शिक्षा शाखाले आयोजना गरेको नयाँ विद्यार्थी भर्ना अभियानका विषयमा मेचीनगरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको भेलामा सहभागि प्रधानाध्यापकहरुले विद्यालयमा हुने विभिन्न समस्याका कारण विद्यालय सञ्चालन गर्न कठिन भएको बताएका थिए ।
    धेरै विद्यालयमा दरबन्दी अनुसारका विषयगत शिक्षक नहुँदा ज्यादैं ठुलो समस्या व्यहोर्नु परेको प्रधानाध्यापकहरुको भनाइ छ । यो समस्या नगरका हरेक सामुदायिक विद्यालयको साझा हो । कति वटा विद्यालयमा एकजना मात्र माध्यमिक विद्यालयका शिक्षकको दरवन्दी छ । ती शिक्षकले एक्लै विद्यालय धान्नु परेको तीतो याथर्थ स्थानीय सरकार समक्ष पोखे । अन्तरक्रियामा सहभागी प्रधानध्यापकहरुले आफ्नो विद्यालयका समस्या स्थानीय सरकार प्रमुख प्रतिनिधिसँग खुलेरै राखेका हुन् ।
    विहान शिक्षक घरदैलोमा नहिड्ने दिउसो अभिभावक घरमा नभेटिने विद्यालय भर्ना अभियानको मुख्यः चूनौती बनेको सहभागी शिक्षक प्रतिनिधिहरुको भनाई थियो । नगरका धेरै सामुदायिक विद्यालय नीजि स्रोतले चलाउनु पर्ने, भवन अभावमा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नु पर्ने, दरवन्दीको अभावले विषयगत पढाइ हुन नसक्नेलगायतका समस्याहरु राखेका थिए । साथै उनीहरुले मेचीनगरले विन्योजन गर्ने नगर शिक्षाको रकम राजनीतिक आड र पहुँचको आधारमा नभएर एकरुपताले वितरण गर्न सुझाव दिए ।
    विद्यालयमा दरबन्दी हुने शिक्षक नहुने, खाजा नभएकाले बाल विकास कक्षा खाली भएको, विद्यालयमा छाना, चुहिने, झयाल ढोका मर्मत, शौचालय खानेपानी आदिको समस्या, स्रोत व्यक्तिको सट्टा शिक्षकलाई कसरी व्यवस्थापन गर्ने, समयको पालना नगर्ने, पाठ्यपुस्तक समयमै प्राप्त नहुने अधिकाँश सामुदायिक विद्यालयका सामुहिक समस्या रहेको सहभागी प्रधानध्यापकहरुले व्यक्त गरेका थिए ।
    कायक्रममा शिक्षक महासंघ मेचीनगथरका अध्यक्ष लेखनाथ पौडेल, नेपाल शिक्षक संगठनकमा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक हेमकुमार खड्का, बालसुबोधिनी आधारभुत विद्यालयका प्रधानध्यापक विश्व थापा, धुलावारी माध्यमिक विद्यालयका प्रधानध्यापक महेन्द्रविलास लुईँटेल, बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँ, बालकल्याण माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण न्यौपाने, ज्यामिरगढी माध्यमिक विदालयका प्रधानध्यापक शान्तिराम चौलागाईँ, मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानध्यापक चन्द्रशेखर गुरागाईँ शिशु साक्षर आधारभुत विद्यालयका प्रधानध्यापक जसोदा सुब्बालगायतले आ आफ्नो समस्या राखेका थिए ।
    सामुदायिक विद्यालयका समस्या र गुनासो सुनेर कार्यक्रममा बोल्दै मेचीनगर प्रमुख विमल आचार्यले मेचीनगर क्षेत्रभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नगरपालिकाले कुनै कसर बाकी नराख्ने प्रष्ट पारे । उनले मेचीनगरका सबै सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालय बनाउने अभियानमा रहेको बताउनु भयो । नगरप्रमुख आचार्यले नगरभित्र जीर्ण अवस्थामा रहेका विद्यालयको उचित मर्मत तथा सम्भारमा नगरपालिका लागेको भन्दैं विद्यालय भर्ना अभियानलाई सफल पार्न सवैसँग आग्रह गरे ।
    उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले शिक्षा क्षेत्रमा असमान व्यवहार कहिल्यै नगर्ने बताईन् । स्रोत साधन पर्याप्त नभएपनि मेचीनगरभित्र रहेका सामुदायिक विद्यालयले जिल्लाका अन्य विद्यालयको तुलनामा सकरात्मक छाप छाडेको उनले बताइन् ।
    वडानम्बर—४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले सामुदायिक विद्यालयतर्फ अभिभावक र विद्यार्थीको आर्कषण हुने गतिविधि विद्यालयले सञ्चालन गर्नुपर्ने बताए । सामुदायिक विद्यालयललाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने वातावरण सिर्जना गर्न समेत बरालले सुझाँव दिए । कार्यक्रमको सञ्चालन मेचीनगर शिक्षा शाखाका लोकबहादुर दाहालले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…