• बाहुनडाँगी, ५ बैशख । युवाहरुको क्षमता तथा शसक्तीकरणका लागि सकरात्मक सोचका साथ वर्तमानमा युवाहरु सामाजिक अभियानमा सक्रिय हुुनु पर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
    नारायणगढ जेसीजले आयोजना गरेको सामाजिक सञ्जाल उपयोगि कि हानिकारक विषयक शाखा स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा भित्तेपात्रो प्रकाशन कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन ।
    नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीको प्रमुख आतिथ्यता तथा नारायणगढ जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा बोल्दै राष्ट्रिय उपाध्यक्ष अधिकारीले युवाहरुको क्षमता विकासका लागि जेसीजले लामो समयदेखि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको र यस वक्तृत्वकलाले पछिल्लो समय सामाजिक सञ्जालमा हुने गरेको साइबर अपराधलाई न्यूनिकरणका लागि सबै युवाहरु अभिभावक र नागरिक सचेत रहनु पर्ने धारणा व्यक्त व्यक्त गर्नु भयो । नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष समेत रहनु भएका अधिकारीले सामाजिक संघ संस्थामा आबद्ध भएका युवा वा सक्रिय नागरिकहरुले समृद्ध समाजको परिकल्पनासहित सामाजिक सञ्जालबा्ट हुने अपराध न्यूनिकरणका लागि सकरात्मक अभियानहरु सञ्चालन गर्नु पर्ने जरुरी रहेको बताउनु भयो ।
    प्रतियोगितामा नारयाणगढ लेडी जेसीजकी नितु मानन्धर प्रथम, रिता गौतम दोस्रो, नारायणगढ लेडी जेसीजकी अनु पन्त र नारायणगढ जसीजका शोभाकर अधिकार तेस्रो भएका छन् । वक्तृत्वकला प्रतियोगितामा ९ जनाको सहभागिता रहेको थियो ।
    नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सुधिपसिंह अधिकारी प्रमुख निर्णायक, नेपाल जेसीजका पूर्व राष्ट्रिय कानुनी सल्लाहकार मनसा थाइवा श्रेष्ठ निर्णायक रहनु भएको उक्त कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्षहरु जेसी खेमराज भट्टराई, मनोजराज श्रेष्ठ, सिनेटर बाबुराम रामदाम र नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्की, पूर्व अध्यक्षहरु पूर्णिमा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
    उक्त कार्यक्रमका संयोजक तालिम आयुक्त जेसी अनोज जोशी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जेसी रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।
    साथै सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष अधिकारीले शाखाले प्रकाशन गरेको २०७६ को भित्तेपात्रोको समेत विमोचन गर्नु भएको थियो । उक्त भित्तेपात्रो नारायणगढ जेसीजका उपाध्यक्ष जेसी राजेन्द्र भट्टराईको संयोजकत्वमा प्रकाशन भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…