• कुमार खड्का बैशाख ६ पथरी ।
    नयाँ शैक्षिक सत्र सुरु भए सगै विद्यार्थी खोज्न तछाड मछाड गर्दै हिड्ने गरेका सस्थागत विद्यायलयका संचालक हरु विद्यार्थी र अभिभावको आखामा छारो हाल्दै गुण स्तरीय शिक्षाका नाममा झुक्याउने गरेका छन् ।
    गुणस्तरीय शिक्षाका नाममा सर्टिफीकेटको सस्तो व्यापार गर्ने विद्यालयहरुमा पथरीशनिश्चरे वडा नं. ६ मा रहेको सुनदह बोडिङ स्कुल, ५ को ग्लीम एकेडेमी स्कुल, क्याब्रिज, सुगा पव्लीक, चौविसे एकेडेमी लगाएत नगरका ३७ सस्थागत विद्यालय मध्ये आधादर्जन विद्यालय निति, नियम विपरीत संचालनमा रहेका छन् ।


    सुनदह बोर्डिङ स्कुल बिना अनुमती ६ कक्षा सम्म संचालनमा रहेको छ भने, ग्लीम एकेडेमी स्कुलले कक्षा ४ को अनुमति लिएर कक्षा ६ संचालन गर्दा स्थानिय सरकार चुपचाप बस्नाले गुणस्तरीय शिक्षाका नाममा सर्टिफीकेटको व्यापार गर्नै ठगहरुलाई प्रोसाहन मिलेको छ ।
    सो विषयमा नगरपालिका प्रमुख दिलीप कुमार राई छिटै शिक्षा समितिको वैठक राखी अनाधिकृत रुपमा संचालित विद्यालयलाई आवश्यकीय कार्वाही गर्ने वताउछन्
    निजी विद्यालयका संचालक हरु यति वेला आर्कषक विज्ञापनका साथमा गुणस्तरीय शिक्षाको कोरा नारा बोकेर सर्टिफीकेटको व्यापारमा लागेको खुलासा हँुदा पनि स्थानीय सरकार भने कानमा तेल हालेर वसेको छ ।
    विद्यालय संचालनको रेखदेख, मापदण्ड, गुणस्तरीयता नापजोख राज्यको परिवर्ततीत अवस्था सग–सगै स्थानीय सरकारको काँधमा आएता पनि अझ सम्म प्रभावकारी अनुगमन गर्न सकेको छैन ।
    जनताले सिहदरवारको अधिकार गाँउ–गाँउ सम्म आईरहदा सग–सगै आएका जनप्रतिनिधिको सक्रियतामा गाँउमा रहेका विकृतिहरु हटेर जाने अपेक्षा राखेको सर्वसाधरण यतिवेला जुन जोगी आए पनि कानै चिरेको नेपाली उखान चरिरार्थ भएको वताउछन् ।
    नगरमा प्याब्सन, एन प्याब्सन र को प्याब्सन जस्ता संगठनहरु रहेका छन । तर ७० प्रतिसत एन प्याब्सनमा आवद्ध बिध्यालय कक्षा ८ को अनुमती नपाए पनि कक्षा संचालन गर्दै आएका छन् ।
    वार्षीक परिक्षा अन्य स्कुलमा लगेर परिक्षा लेखाउने गरेका यस्ता विद्यालयहरुले राज्यलाई ठगिरहदा सम्म पनि सम्वधित निकाय मौन रहेको छ ।


    यता नगरका शिक्षा अधिकृत दुर्गा सिग्देल भने यसै शैक्षिक सत्र वाट त्यस्ता अनाधिकृत रुपमा संचालित विद्यालयलाई वर्तमान शिक्षा नियमावली अनुसार कार्वाही गरिने वताए ।
    कति जनप्रतिनिधी सेटिङमा मिलेका र केहि जनप्रतिनिधी आफै बोर्डिङ संचालक रहेका कारण पनि नगरमा वेथिति पुर्ण रुपमा संचालनमा आएका यस्ता विद्यालयहरुलाई स्थानिय सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन
    केहि समय अघि नगर र प्याब्सनले अनुगमन गरेको र पथरीशनिश्चरेका धेरै बिध्यालयले आफ्ना बिध्यार्थी ५ किलोमिटर तल रहेको व्राईट सनराईज वोर्डिङ स्कुलमा परिक्षा संचालन भएको भेटिएको थियो ।
    अनाधिकृत रुपमा कक्षा सैचलन गरेको विद्यालयहरुलाई परिक्षा दिन सहयोग गर्ने व्राईट सनराईज वोर्डिङ स्कुलका प्रिन्सपल थिरप्रसाद आर्चाय भने विद्यालयलाई संरक्षण नगरेको तर विद्यार्थीको हितका लागि एक पटक मात्र दिएको आगामी वर्षमा यसो नगर्ने प्रतिवद्धता जाहेर गरे ।


    यता बिध्यार्थीहरु जुन स्कुलमा अध्यायन गरेका छन सोहि स्कुलमा परिक्षा लेख्न नपाउने र सर्टिफीकेट पनि अरुनै स्कुलको पाउने गरेका छन ।
    नगर भित्र रहेका स्कुलहरुलाई त नगरले कानुनी दायरामा ल्याउन सक्दैन्न भने बिकाशको दिशामा स्थानीय जनप्रतिनिधि वाट आशादित हुन नसक्ने अभिभावकहरु बताउछन ।
    प्याब्सन नगर कमिटीले सबै निजी बिध्यालयहरुको अनुगमन गरि अनुमती अनुरुप संचालनमा ल्याउन नगरलाई पटक पटक निबेदन दिएको नगर प्याव्सन अध्यक्ष उपेन्द्र कडेलले वताए ।
    यता नगर एन प्यावसनका अध्यक्ष कमल खरेल भने राज्यको नितिका कारण आफुहरुको संगठनमा आवद्ध विद्यालय कानुनी दायरामा आउन वाट वञ्चित रहेको वताउछन् ।
    यति मात्र हैन नगरमा रहेका केही सामुदायिक विद्यालयका शिक्षकले सामुदायिक विद्यालयलाई नै असर पर्ने गरि निजी विद्यालयहरुमा लगानी समेत गरेको भेटिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…