• गौरीगञ्ज । बैशाख ६ । झापाको गौरीगञ्ज गाउँपालिकाको कार्यालयमा रित पुर्वक सुचना माग्दा एक सञ्चारकर्मीले दुर्ब्यबहार भोग्नु परेको छ ।
    झापा बाट सञ्चालित भिन्न न्युज डट कम सँग आबद्ध पत्रकार मदन राजवँशीले कर्मचारी पोशाक भत्ता सँबन्धि सुचना माग गर्दा कार्यालयका एक करार कर्मचारी बाट दुर्ब्यवहार भोग्नु परेको हो । सञ्चार कर्मी राजवँशीले सुचनाको हक सँबन्धि ऐन २०६४ अनुसार सुचना पाउ भनि गौरीगञ्ज गाउँपालिका कार्यकारी प्रमुख राजकुमार शाक्यलाई निबेदन बुझाउन जाँदा गाउपालिकाका करार कर्मचारी ज्ञानेन्द्र दँगाल (अम्जत) ले दुर्ब्यबहार गरेका हुन् ।
    दुर्ब्यबहार गर्ने दँगाल बिना प्रतिस्पर्धा जनप्रतिनिधिहरुको कृपा दृष्टिले गौरीगञ्ज गाउँपालिका कार्यालयमा सेवा प्रबेश गरेका कर्मचारी हुन् ।

    सञ्चारकर्मी राजवँशीले कार्यालय बाट पोसाक भत्ता बुझ्ने कर्मचारीको बिबरण तथा बैशाख ५ गते बिहिबार बिना पोसाक कार्यालय आएका कर्मचारीहरु बारे सुचना माग गर्नका लागि निबेदन दिन कार्यकारी प्रमुख शाक्यको कक्षमा गएका थिए ।
    राजवँशीले निबेदनमा तोक लगाउन कार्यकारी प्रमुख शाक्यको अगाडी निबेदन राख्ने बितिकै प्रमुखको हातबाट दँगालले निबेदन तानेर पढेका थिए । त्यसपछी कार्यकारी अधिकृत शाक्य कै अगाडी सँचारकर्मी राजवँशीलाई गालि गलैज गर्दै 'तँ हाम्रो हाकिम् होस ? अब कुन दिन हामीले के ड्रेस लगाउने भनेर तलाई सोधि राख्नु पर्ने ? भनेर कार्यालयको बाताबरण नै बिग्रने गरि हप्की दप्की गरेको कुरा पिडित राजबँशीले बताए .

    करार कर्मचारी दँगाल लगायत केहि करार कर्मचारीहरु कार्यालयबाट पोसाक भत्ता बुझे पनि प्रय बिना पोसाक कार्यालय आउने गरेको र कार्यकारी अधिकृत शाक्यले कर्मचारीहरुको यस्तो अनियमितता नदेखेझै गर्दै आएको बुझिएको छ ।
    केहि समय अघि कार्यालय बाट हजारौ रकम खर्चेर कार्यालयको कर्मचारी कार्ड समेत बनाएका थिए । केहि समय कर्मचारीहरुले सो कार्ड भिरेर कार्यालय आए पनि पछिल्लो समय कर्मचारीहरुले कार्ड समेत भिर्न छोडेको कुरा
    करार कर्मचारी दँगाल लगायत केहि करार कर्मचारीहरु कार्यालयबाट पोसाक भत्ता बुझे पनि प्रय बिना पोसाक कार्यालय आउने गरेको र कार्यकारी अधिकृत शाक्यले कर्मचारीहरुको यस्तो अनियमितता नदेखेझै गर्दै आएको बुझिएको छ ।
    केहि समय अघि कार्यालय बाट हजारौ रकम खर्चेर कार्यालयको कर्मचारी कार्ड समेत बनाए

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…