महेन्द्र थेगिम
मिक्लाजुङ । सिर्जनशिल युवा क्लवको आयोजनामा मोरङको मिक्लाजुङ—६ लालमाटीमा जारी ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६’ फुटवल प्रतियोगिताको शुक्रवार भएको खेलमा इटहरी तालतलैया बिजयी भएको छ । मोरङ एकाडेमी उर्लाबारीलाई १—० गोल अन्तरले पछि पार्दै तालतलैया बिजयी भएको हो । तालतलैयाको जितको लागि दोस्रो हाफको ३५ मिनेटमा राजन थापाले गरेको १ गोलनै निर्णायक गोल बन्यो । खेलको म्यान अफ पनि थापा नै भए ।
खेलको उद्घाटन प्रदेश सभा सदस्य कुलबहादुर साम्बाले गरेका थिए ।
बैशाख १२ गते हुने फाइनल खेलको बिजेताले नगद १ लाख ५ हजार ५ रुपैंया ट्रफि प्रमाणपत्र मेडल प्राप्त गर्नेछन् । यस्तै,उपबिजेताले नगद ५५ हजार ५ रुपैंया सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अनुमानित ८ लाखमा सम्पन्न हुने अध्यक्ष नेमप्रकाश तामाङले बताउनुभयो ।