• रतुवामाई । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठ आरम्भ नाट्य डबली रतुवामाईलाई साउण्ट सिस्टम सहयोग गर्नुभएको छ ।
    डबलीलाई कार्यक्रमहरुको लागि साउण्ट सिस्टमले सहजता होस भनेर सहयोग गरेको श्रेष्ठले बताउनुभयो । गाउँघरमा जनता चेतना मुलक नाटक मञ्चन गर्दै सामाजिक गतिधिवी गर्दै आएको आरम्भलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
    संस्थाका अध्यक्ष समिर सुबेदीले सहयोगीदाता श्रेष्ठलाई धन्यवाद दिनुभयो । संस्थाको गतिविधी श्रेष्ठले सहयोग गर्दै आउनुभएको छ, सुबेदीले भन्नुभयो,‘ यो साउण्ट सिस्टमले नाटकको रियलर्सल गर्न सजिलो र कार्यक्रम गर्न सहज हुनेछ । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष टंक ढकालले श्रेष्ठको कामको प्रशंषा गर्दै वडा र आफ्नो तर्फबाट पनि आरम्भलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको सन्चालन संस्थाकी सचिब नानु पौडेलले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…