• पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेतको शुक्रबार राति भएको हत्यामा पथरी प्रहरी समेत दोषी देखिएको छ ।
    पथरीमा आयोजित कन्सर्टलाई मध्यरात सम्म सञ्चालन हुन् दिनु पनि हत्याको प्रमुख कारण भएको स्थानीय बताउँछन । प्रशासनले कुनैपनि कार्यक्रम गर्न बेलुका ७ देखि ८ बजेसम्म मात्र समय दिने भएपनि सो कन्सर्टका लागी पथरी प्रहरीले मध्यरात सम्म सञ्चालन गर्न दिएको थियो ।

    नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको शव शनिबार बिहान प्रहरीले उठाउने कोशिष गरेपनि आफन्तले शव उठाउन दिएका छैनन । प्रहरीको चरम लापरबाहीका कारण यो घटना भएको भन्दै परिवार आक्रोशित बनेका छन । बस्नेतका आफन्त तेह्थुमबाट आईनपुगे सम्म शव नउठाउने परिवारको दाबी रहेको छ । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।

    शुक्रबार दिनभर तनावमा मृतक रिना
    मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको थियो । उनी निक्कै हतास थिईन । दिउँसो एक आफन्तको जन्मदिनमा सहभागी भएर आएका आमाछोरा बेलुका कन्सर्टमा जाने तयारीमा भएपनि आमा पुरै तनावमा देखिएको र आत्तिएको जस्तो लागेको उनका छोराले बताएका छन ।

    यस बिषयमा पथरी प्रहरीले कुनै प्रतिक्रिया दिन मानेको छैन । बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…