• बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन्। जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्।

    ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका थिए।

    कालो झण्डा देखाउदै गर्दा प्रधानमन्त्री ओलीले ‘झण्डा देखाइरहेको छ, के हेरिरहनुभएको तपाईहरुले? भन्दै सुरक्षाकर्मीलाई सचेत बनाएका थिए। उनले कसैबाट परिचालित भएर झण्डा देखाउँदैमा केही नहुने भन्दै धैर्य रहन उपस्थितलाई आग्रह गरे।

    कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए।

    नेपाली सेनाले नै सुरक्षा व्यवस्था गरेकै कार्यक्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो। रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय रानाले मानसिक असन्तुलनका कारण त्यस्तो घटना घटाएको दावी गरे। झण्डा देखाउने घिमिरे कुनै दलसँग आवद्ध भएको भने खुलेको छैन। उनी बुटवलमै डेरी व्यवसाय चलाउने रहेको बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…