• पथरी / मोरङको पथरीस्थित कस्मेटिक पसल गरे बस्ने आफ्नै डेरा अगाडी नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको हत्या रहस्यमय बनेको छ ।
    बेलुका कन्सर्ट हेरेर राती ११ बजे १४ बर्षीय छोरासँगै डेरा फर्केकी रिना विहान डेरा अगाडी मृत भेटिएकप् थिइन । उनको भित्री तथा बाहिरी लुगा सबै उनको कोठामा फेला परेको प्रहरीले जनाएको छ ।

    उनको शवलाई पोष्टमर्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा ल्याएको छ । उनको खुट्टामा बालुवैबालुवा रहेकाले उनलाई बलात्कार गरी हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । तर, प्रहरीले भने घट्नाबारे गम्भीर रुपमा अनुसन्धान भइरहेकाले अहिले यसै भन्ने अवस्था नआएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए ।
    मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको अवस्थामा रहेको छ । उनको शरिरबाट रगत पनि बगेको छ । प्रहरीका अनुसार मृतक बस्नेतले शुक्रबार राती मदिरा सेवन गरेकी थिइन् । छोराले पनि वियर आमाले खाएको बयान दिएको प्रहरीले जनाएको छ ।
    उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवइमा छन् । उनी छोरासँगै पथरी १ मा बस्दैं आएकी थिइन ।
    पथरीमा यस अघि गत फागुन १५ गते सिका बार नजिकैको सडकमा मृत भेटिएका मोरङको पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको हत्यारा पनि प्रहरुलिे हालसम्म लगाउन सकेको छैन् । अनुसन्धान जारी राखेको बताउदै आएको प्रहरीलाई फुरी रिनाका ेहत्यारा पत्ता लगाउने चुनौती थपिएको छ । पीडित पक्ष प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य चाँडै बाहिर ल्याउनुपर्ने दवाव दिइरहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…