• कानेपोखरी(मोरङ) ७ बैशाख । मोरङको कानेपोखरी–७ का १४४ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्ने सबै नेकपा समर्थित हुन् । शनिवार वडा नं. ७ को शुक्रबारे र चालिस बिघेमा भएका छुट्टा छुट्टै कार्यक्रममा उनीहरू काङ्ग्रेस प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर सुनील शर्मा,कांग्रेस नेता बसन्त भट्टराई, प्रदेश सभा सदस्य सुयर्माराज राई र नेपाल शिक्षक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं महासमिति सदस्य केशव निरौलाले पार्टी सदस्यता दिई फुलमालाले स्वागत गर्नुभयो ।चालिस बिघेमा ९१ जनाले नेकपा परित्याग गरेका छन् भने शुक्रबारेमा ५३ जनाले नेकपा छोडेका छन् । नेकपा छोड्नेमा धेरै जसो पूर्व नेकपा माओवादीका छन् भने केही तत्कालिन नेकपा एमालेका छन् ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि वसन्त भट्टराईले कम्युनिष्ट सरकार कमाउ धन्दामा लागेको बताउनु भयो । उहाँले युवाहरू ढिलै भएपनि काङ्ग्रेसमा प्रवेश गरेर लोकतन्त्रको संस्थागत विकासको अभियानमा सहयोग पु¥याएको बताउनु भयो । भट्टराईले काङ्ग्रेसमा प्रवेश गर्नेले कहिल्यै पनि निरास हुनु नपर्ने बताउनु भयो ।

    काङ्ग्रेस नेता डाक्टर सूनील शर्माले कांग्रेसमा प्रवेश गर्ने हरेक युवालाई जिम्मेवार बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘हाम्रो निरोगी नागरिकको अभियान गाउँ गाउँमा पुगिसकेको छ । अहिले हामी विपन्न, अल्पसङ्ख्यक र दलितका लागि निशुल्क प्राविधिक शिक्षाको अभियान चलाई रहेका छौं । प्रत्येक गाउँमा एक जना स्वास्थ्य प्राविधिक उत्पादन गर्ने लक्ष्य पुरा गर्न गाउँ गाउँका विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा दिइरहेको शर्माको भनाई छ । शर्माले यो वर्ष अझै केही पुरुष विद्यार्थीका निशुल्क शिक्षा दिन सकिने बताउनु भयो ।


    अर्का महा समिति सदस्य केशव निरौलाले एउटा चुनाब हार्दैमा काङ्ग्रेस नसकिने बताउनु भयो । उहाँले काङ्ग्रेस हार्दा लोकतन्त्र कमजोर हुने बताउँदै काङ्ग्रेसलाई सदृढ बनाउन अहिले हिमाल पहाड तराई नेपाली काङ्ग्रेस राष्ट्रियण् अभियान सुरु भएको उल्लेख गर्नुभयो । २०७५ मा नेकपाको सरकारले गरेको ब्यवहारले लोकतन्त्र प्रति ढुक्क हुने अवस्था नरहेको निरौलाको भनाई थियो । उहाँले नेकपाको सरकार विरुद्ध काङ्ग्रेस लाग्नु नपर्ने बताउँदै कम्युनिष्ट बिरुद्ध कम्युनिष्ट नै सडकमा ओर्लिएकोले लोकतन्त्र धरापमा पर्दै गएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद उदाङ्गो हुँदै गएको चर्चा गर्दै निरौलाले भन्नुभयो–‘ यस्तो राष्ट्रवादले मुलुकको रक्षा गर्न सक्दैन । पार्टीका केही कार्यकर्ता धनी बने पनि अधिकांश नक्कली राष्ट्रवादको विपक्षमा रहेकाछन् ।

    मोरङ (३) क का प्रदेश सभा सदस्य एवं प्रदेश नं. १ मा नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले बिकास निर्माणका काममा स्थानीय सरकारले असहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो–‘ प्रदेश सभाको सांसद विकास कोषको बजेट कहाँ खर्च गर्ने त्यो सांसदले जानेको छ ।तर स्थानीय सरकारको नाममा केही स्थानमा हस्तक्षेप भएको उहाँको आरोप छ । आफ्नो निर्वाचन क्षेत्रको बिकास निर्माणका लागि आफूले सङ्घीय सरकार र प्रदेश सरकारसँग बजेट माग गरे पनि राजनीतिक आस्थाका आधारमा बजेट बिनियोजन हुँदा प्रतिपक्षी दलका सांसदहरू अन्यायमा परेको बताउनु भयो ।
    वडा संयोजक रत्न भुजेलको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव काशीनाथ खनाल ,पवन खत्री र हिमप्रसाद तिम्सिनाले बोल्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…