•  

    दमक । झापा गौरादह १ का याम बहादुर दाहाल र सृजना घिमिरेको आर्थिक लेनदेनको विषयमका गौरादह नगरपालिकाको न्यायिक समिती संयोजक उपमेयर गिता भेटवाल र सदस्य गजेन्द्र घिमिरे विवादमा तानिएका छन् ।
    पिडित दाहालले सामाजिक संजालमा शृङ्खलाबद्ध रुपमा भिडियो सार्बजनिक गर्दै आफू अन्यायमा पर्नुको मुख्य दोषि उपमेयर तथा वडा ३ का वडाअध्यक्ष गजेन्द्र घिमिरेलाई आरोप लगाईरहेका छन् । न्यायीक समितीले गठन गरेको छानबिन समितीले बुझाएको प्रतिवेदनमा मैले सृजना घिमिरेलाई पैसा दिएको तर गोप्य प्रमाण नभएको भनिएको छ, यसको अर्थ के होला दाहालको प्रश्न छ । दाहालले सृजनालाई कारोबार गर्ने शिलशिलामा २६ लाख दिएका थिए । हाल त्यसको ब्याज सहित जोड्ने हो भने ३६ लाख पुग्छ ।

    https://www.facebook.com/Khabar.Gauradaha/videos/vb.100010290282144/820225771663758/?type=2&video_source=user_video_tab

    दाहालका अनुसार न्यायक समितीका संयोजक उपमेयर भेटवाल, वडा न १ र ३ का वडाअध्यक्षद्वय नगेन्द्र भण्डारी र घिमिरेको संङ्लग्नतामा उक्त प्रतिवेदन लुकाएर राखिएको छ । पटकपटक न्यायिक समितीमा कुरा गर्दा सर्बदलिय निर्णय गर्न लगाउछौ भन्दै केशलाई ढाकछोप गर्न खोजेको दाहालले दुखेसो पोखेका छन् ।

    वडा न. १मा दिएको निवेदन कुनै कार्वान्यन नभएको, पिडित सृजना घिमिरेलाई छलफलका लागि बोलाउदा समेत नआएको भन्दै वडाअध्यक्षकै संरक्षणमा उपस्थित नगराएको उनको गम्भीर आरोप छ ।

    उनले दुईदिन अगाडि निकालेको भिडियोले गौरादह नगरपालिका तंरङ्गित भएको छ । उनको उक्त भिडियोको बिषयमा न्यायीक समितीका तर्फबाट स्पष्टीकरण सोधिएको पत्र देखाउदै दाहाल भन्छन— न्याय दिननसक्ने, मैले सहयोग मागेर भिडियो सार्वजनिक गर्दा न्याय समिती किन आत्तिएको? समितीले हैन, म स्पष्टीकरण माग्छु । मलाई किन न्याय यतिका दिनसम्म दिननसकेको ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…