महेन्द्र थेगिम
मिक्लाजुङ । सिर्जनशिल युवा क्लवको आयोजनामा मोरङको मिक्लाजुङ—६ लालमाटीमा जारी ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६’ फुटवल प्रतियोगिताको शनिवार भएको खेलमा लेटाङ फुटवल क्लव बिजयी भएको छ । एपिएफलाई सडन डेथमा हराउदैं लेटाङ बिजयी भएको हो । खेलको निर्धारित समयमा गोल नभएपछि खेललाई टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ४÷४ को बराबरी भएको थियो । त्यसपछि सडन डेथमा लेटाङको ३ र एफिएफको २ गोल भएको थियो । एपिएफको भने प्रहार बाहिरीएपछि लेटाङ लक्की सावित भयो । खेलको म्यान अफ द म्याच लेटाङका यमन मगर घोषित भए । भोलीको खेल आयोजक र बेलबारी फुटवल क्लव बिच हुनेछ ।
बैशाख १२ गते हुने फाइनल खेलको बिजेताले नगद १ लाख ५ हजार ५ रुपैंया ट्रफि प्रमाणपत्र मेडल प्राप्त गर्नेछन् । यस्तै,उपबिजेताले नगद ५५ हजार ५ रुपैंया सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अनुमानित ८ लाखमा सम्पन्न हुने अध्यक्ष नेमप्रकाश तामाङले बताउनुभयो ।