•  

    पथरी । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ ।
    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव लगेको हो । पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्निङ वाक गर्नेहरुले सबेरै देखेका थिए । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका पनि गरिएको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने त्यस्तो तथ्य भेटिएको छैन । उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् ।

    यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ मृतक बस्नेतको शव नग्न अवस्थामा भेटिएको थियो ।
    घोप्टो परेको अवस्थामा रगत पनि बगेको थियो । त्यसैले उनलाई बलात्कार गरेर हत्या गरिएको हुनसक्ने आशंका सबैले गरेका छन् । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ, कोही आएको पनि देखिदैन,’मोरङ प्रहरी प्रमुख एसपी केसीले भने,‘छोरा पनि सँगै थिए, कोही आएको थाह पाइन भनेका छन् ।’

    प्रहरीका अनुसार मृतक बस्नेतले शुक्रबार राती मदिरा सेवन गरेकी थिइन् । कन्सर्टबाट राती छोरासँगै कोठा आएको र आउदा पनि साथमा वियर लिएर आएको खुलेको छ । छोरासँगको कुराकानीमा पनि मृतकले मापसे गरेको खुलेको छ । ‘छोरासँगै आएर कोठामा सुतेका छन, आउदा वियर पनि लिएर आएका छन,’मोरङ एसपी केसीले भने,‘कोठामा अरु कोही आएको देखिदैन ।’

    घटनाक्रम र एउटै कोठामा भएको छोरासँगको प्रारम्भिक वयानबाट कतै ३ तला माथिबाट राती लडेर पो उनको ज्यान गएको हो कि भन्नेतर्फ पनि अनुसन्धान सोझिएको छ । मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । ‘कपडा पनि आफैले खोलेर राखेको, मापसे गरेको र कोठामा पनि कोही आएको संकेत नदेखिएकोले लडेको पो हो कि भन्ने पनि शंका छ, तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ,’मोरङ एसपी केसीले भनेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…