पथरी, मोरङको पथरीमा भएको रिना बस्नेतको शंकास्पद मृत्यु पछि उद्योग वाणिज्यसंघ पथरीले विज्ञप्ती निकालेको छ । संघले बस्नेतको निधनप्रति मग्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष दिपक वस्नेत र महासचिव अशोक कुमार राईको हस्ताक्षरमा जारी भएको विज्ञप्तीमा रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
घटनाको हेलचेक्राई गरे संघले कडा कदम चाल्ने विज्ञप्तीमा भनिएको छ । पथरीमा केहि समय अघिदेखि उद्योगी, व्यापारी नागरिक असुरक्षित महशुस गर्दै आएको, घटनाले अझ अपराधीहरु सक्रिय हुदै गएको पुष्टि भएको संघको ठहर छ । दिनानुदिन बढदै गएको चन्दा आतंक, रहस्यमय घट्ना हुनुले स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न चुकेको पुष्टि हुन्छ ।
बस्नेत शुक्रबार राती कन्सर्ट हेर्न निस्कीएकी थिइन् । शनिवार विहान उनको शव आफनै कोठा छेउमा नग्न अबस्थामा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि घटनाको सबैकुरा पोष्टमार्टम पछि मात्रै थाहहा हुने जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले जाकारी दिएका छन् । मृतकको शब पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।