• शान्तिनगर । केशवराज भण्डारी फाउण्डेशन मेचीनगर ९ ले बुद्धशान्ति ६ शान्तिनगरमा जेष्ठ चौतारी बनाइदिने भएको छ ।
    शनिवार फाउण्डेशनको प्रथम वार्षिक उत्सवको अवसरमा गढीगाउँ मावि शान्तिनगरमा आयोजित कार्यक्रममा जेष्ठ चौतारी निर्माण गरिदिने घोषणा गरिएको हो ।
    साविकको शान्तिनगरका प्रथम प्रधानपञ्च तथा सामाजिक व्यक्तित्व केशवराज भण्डारीको सम्झनामा स्थापना भएको यस संस्थाले एक वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दे आएको छ ।
    यसैलाई निरन्तरता दिँदै फाउण्डेनले सामाजका जेष्ठ नागरिकहरुका लागि दिनभरीको समयमा आराम गर्नै संगम थलोका रुपमा चौतारी निर्माण गरिदिने तयारी गरेको हो । जसका लागि यस क्षेत्रका व्यक्तिहरुले जग्गा समेत उपलब्ध गराइसकेका छन ।
    फाउण्डेशनकी अध्यक्ष सविता भण्डारी भेटवालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शम्भू पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेषराज पवित्रा खतिवडा फाउण्डेशनका अध्यक्ष छविलाल खतिवडा, अग्रज पत्रकार सिरो सान्दाई, गढीगाउँ माविका प्रधानाध्यापक केशवराज आचार्य, धुलावारी जेसीजका अध्यक्ष केशवराज पोखरेललगायतले बोल्नु भएको थियो । फाउण्डेशनका सदस्य अनिल भेटवालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन गोपाल बस्नेतलले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…