• काठमाडौं । जेष्ठ १५ पछि मृत्यु भएका बृद्धबृद्धाको आत्माले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालाई नराम्ररी सराप्दै छन् ।

    सरकारले जेष्ठ १५ गते आर्थिक वर्ष २०७५/०७६ को बजेट घोषणा गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको गत वर्ष सम्पन्न निर्वाचनमा जनतामाझ भोट माग्न जाँदा बृद्धभत्ता महिनाको ५ हजार रुपैंया पु¥याउने बचन दिएको थियो ।

    उनीहरुले घोषणापत्रमा पनि त्यही लेखे तर भत्ता बढाएनन् । आफूलाई भत्ता आउला र केही भएपनि राहत पाइएला भनेर सोचेका बृद्धबृद्धाले यही लोभले नेकपालाई भोट हालेका थिए ।

    तर, सरकारले यसबारेमा कुनै चासो राखेन बरु उल्टै जनतालाई गाली गरेर आफ्नो चाहना पूरा गर्नमा नै तल्लीन भयो । सरकारले अहिले २ हजार रुपैंया भत्ता दिँदै आएको छ, यो पुरानै व्यवस्था हो ।

    अर्थतन्त्र राम्रो बुझेका मान्छेलाई अर्थमन्त्री बनाइएको भनिँदै आएपनि अर्थमन्त्री खतिवडा राजनीतिक प्राणी नभएकाले न त जनताको मन जित्न सके न त नेताकै ।

    ओलीले निर्वाचनमा जाँदा भनेका थिए ‘बुबा नमस्कार, आमा नमस्कार, अब हातहातमा ५ हजार ।’ उनको यो भीडियो अहिले पनि निकै भाइरल छ । तर यी घटना विवरणले नेताको मन कति पनि छुँदैन ।

    हुन त ओलीले ताप्लेजुङमा चुनावी प्रचारमा जाँदा योगेशलाई जिताएर पठाउनु म मन्त्री बनाइदिन्छु भनेका थिए । होला नि त कमरेड केपीले बोलेको कुरा हो भनेर आशमा बसेका योगेश के भन्ने के नभन्ने भनेर अलमलमा छन् ।

    ओलीले २०७० सालको निर्वाचनमा जाँदा झापा –६ का उम्मेदवार दीपक कार्कीलाई पनि यसरी नै मन्त्री बनाइदिने भनेका थिए तर त्यहाँ पनि झुक्याए । कार्कीले २ पटक संविधानसभाको निर्वाचन जिते ।

    मन्त्री बनाइदिनु त टाढाको कुरा हो कार्की उम्मेदवार बनेर जितिरहेको ठाउँमा समेत गएर ओली नै उम्मेदवार बने ।

    ओलीले २०६४ सालमा झापा–७ मा हार्दा पनि कार्कीले तल्लो क्षेत्रबाट चुनाब जितेका थिए । नेताको यो आश्वासन केबल भोट बटुल्ने मेलोबाहेक अरु केही भएन ।

    जेष्ठ १५ मा बजेट आएपछि आफूहरुको भावनाको सम्बोधन होला भन्ने सोचेका उनीहरु किन मतदान गरिएछ भनेर पछुताउन थालेका छन् ।

    तर सरकारले ५ वर्षमा ५ हजार पु¥याउने भनेर जनतालाई फेरि अर्कोपटक ढाँट्दैछन् । सधैं ढाँटको खेती नेताहरुबाट जनता दिक्क भइसकेकाले आगामी निर्वाचनमा देखाइदिने समेत भन्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…