उर्लाबारी÷ मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आज दिउसो २ः३० बजे सञ्चारकर्मीको टोली समाचार रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए ।
निक्कैबेर सम्म सञ्चारकर्मीले हेरिरहदा पनि उनी नउठेपछि तस्बिर खिचिइएको थियो । उनले तस्बिर खिचेको भेउ सम्म पाएनन् । सरकारी तलब खाएर जनताको सेवामा खटिने प्रमुख यसरी निदाएपछि कार्यालय कार्यलयको स्थिती के रहला ? प्रश्न खडा भएको छ । उनले कामको चापले भुसुक्कै निदाएछु भन्ने प्रतिक्रिया दिए ।