• स्वागत पुन मगर,
    दमाम,बैशाख-८

    प्रवासी नेपाली एकता मन्च साउदी अरब र कतारले खोटाङ हलेसी तुवाचुङ न.पा ८ धितुङमा बुबा आमा गुमाएका सात जना बालबालिकालाई पठनपाठनको तिमित्त आर्थिक सहयोग गरेको छ। सहयोग हस्तान्तरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यलय पेरिसडाँडामा नेकपा का केन्द्रिय सदस्य अस्मिता कार्की (समिता) र दुर्गाजयन्ती राई साथै अन्य खोटाङ का नेता तथा कार्यकर्ताको उपस्तिथितमा भएको थियो।

    मन्च का केन्द्रिय सदस्य हरि बहादुर बुढाथोकी ,भक्त कार्की (सर्वहारा), रामचन्द्र वाग्ले, कमल शाही "निर्मल " कमल खरेल लगायत को बिषेश पहलमा उक्त आर्थिक संकलन गरिएको हो।आमा टल कुमारी किरातको गर्भपतन गराउने क्रममा जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको थियो।भने आमाको मृत्यु भएको २ बर्ष पछि बुबा चन्द्र किरातको पनि आफ्नो निवासमा करेन्ट लागेर मृत्यु भएको थियोे।
    बाबा,आमाको मृत्यु भएपछि साहारा बिहिन भएका बाल बालिका को पठनपाठनमा एस ओ एस बालग्राम ले जिम्मेवारी लिएको भएता पनि प्रबसी एकता मन्चले बालग्रामले जिम्मा लिनु पहिला देखी रकम संकलन गर्न थालीसकेको थियो।

    तर विशेष कारणले समयमा रकम हस्तान्तरण गर्न नसकिएको रकम हस्तान्तरण कर्ताहरुले बताए। रकम उठाउन सहयोग गर्नु हुने प्रवासी नेपाली एकता मन्चका सम्पुर्ण सदस्य लगायत अन्य सहयोगीहरुलाइ हृदय देखि नै धन्यवाद ब्यक्त गर्दै बालवालिकाको सहयोग रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासमा रहेको प्रवासी नेपाली एकता मन्चले पठाएको थियो।जम्मा रकम १३४५ साउदी रियाल अथवा नेपाली रुपैया ३९१०० र कतारबाट पनि ५१००० एक औपचारिक कार्यक्रम गरि रकम हस्तान्तरण गरियको छ। साथै साउदी अरब स्थित प्रवासी एकता मञ्चले कास्कीमा भएको दशैको दिनको अागलागीबाट भएको क्षतिमा पनिमा सोही सहयोग अभियान सहित जोडेर रकम जुटाउन सहयोग रकम मध्ये ३० प्रतिशत अर्थात १६९६२ सो रकम पहिले बुझाई सकेको जानकारी समेत आर्थिक संकलन समितिले गराएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…