बाहुनडाँगी । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुअ अतिथि चौधरीले महलिाहरुले पनि सबै तह र निकायको नेतृत्व गर्ने समय आएको बताउनु भयो । उहाँले यस क्षेत्रमा महिला जेसीजले गरेको सामाजिक अभियानले समाजलाई थप सहयोग पुगेको बताउनु भयो ।
शाखा अध्यक्ष रेखा शर्माको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव अनिता ढकालले गर्नु भएको थियो । कार्यक्रममा मातृ शाखा त्रिभूवन नगर जेसीजका अध्यक्ष वसन्तराज अधिकारीको समेत सहभागिता रहेको थियो ।