•  पथरी बैशाख ८ ।मोरङको पथरीशनिश्चरे नगरपालिकामा दिनुना दिन हत्याहिंसाका घटना बढिरहेका छन् । प्रहरी प्रशासनको फितलो अनुसन्धान,कमजोरी र मिलेमतोले प्रसय पाउँदा अपराधिक घटनामा न्यूनिकरण आउनुको साटो झन झन बढ्दै गएको छ । पथरीमा हत्याहिंसाको घट्ना बढ्नुमा मुख्य दोसी प्रहरी रहेको देखिएको छ ।

    शुक्रबार राति मात्र पथरी बजारमा ब्यापार गर्दै आएकी रुपा बस्नेतको आफनै डेरा अगाडी नग्न अवस्गामा रगताम्य रहस्यमय शव फेला परेको छ । झण्डै एक महिना अघि एक युवा पनि सोही प्रबिधीको शव मृत फेला परेका थियो ।

    प्रहरीले चाह्यो भने जे गर्न सक्छ, तर पथरीको प्रहरी बेकामे भए भन्नेहरु धेरै छन् । पथरीमा अहिलेका प्रहरी निरीक्षक कलम बजगाई देखि जनता निराश छन् । बजगाईको कमाडमा खटिएका प्रहरीहरु “सरकारीकाम कहिले जाला घाम” भने झै टिउटी टारेर बस्छन । अझ भन्ने हो भने पथरीका प्रहरी न कमान्डीङमा बस्छन न सुरक्षा दिन्छन साझको समयमा सर्वसाधारणले भात खाने दोकान ८ बजे बन्द गराउने प्रहरी रक्सी खाने होटलहरु रातको १२ बजे सम्म खोल्न दिन्छन ।

    पथरीमा चोरी, लुटपात, बलत्कार, सवारी दुर्घटना हुनु त सामान्य जस्तै बनेका छन । राजनिती पौउच हो या प्रहरी प्रमुखको चाकरी हो पथरीमा आएका सिपाही देखी सहि सम्मले यहि पेन्सन पकाएर जान्छन तर सहि र इमान्दार प्रहरी लामो समय टिक्दैटिक्दैन्न ।
    तर कुनै समय यस्तो पनि थियो की पथरीमा मन जितेर जाने प्रहरी प्रमुख पनि थिए । जसलाई पथरीबाशी अफु र आफ्नो समाज असुरक्षीत बन्दै जादा संझने गर्छन ।

    हुन पनि उनि न कसैंसँग सम्झौता, न कसैको दवाबमा रुमलिएका थिए । न्यायका प्रतीमुर्ती सावित भएका इन्चार्ज केशव भट्टराइलाई अहिले पनि जनता उति कै संझिरहेका छन । बच्चा देखि बुढा संम्मको मन मुटुमा बस्न सफल थिए ।

    “भट्टराई हुँदा न्याय अन्याय छुट्टीन्थीयो” स्थानीयको भनाई छ । जनताको मन जितेकै कारण उनले सिंगम उपनाम पनि पाएका थिए । अहिले पथरीमा यस्तो अपराधिक घटना घटिरहँदा सिंघम भएका भए यस्तो घटना घट्दैन थियो भन्दै रिटन्र्स सिंगम भनेर फेसबुकमा लेख्ने गरेका छन ।
    उनको पालामा पथरीशनिश्चरे लागु औषध सेवन गर्ने, गुन्डा गर्दी गर्ने, चन्दा आतङ फैलाउने, मदिरा सेवन गरि होहल्ला गर्ने र दुई नम्बरी धन्दा गर्नेले प्रहरी चौर्की टेके पछि सिदै बिदेशको टिकट काट्ने गर्थे । १६ महिना मात्रै बसेका भट्टराईको कारणले उनि पछिका २÷४ जना इन्चार्जले समेत सुबिस्ता पाए । भट्टराई जस्तो ब्याक्ती संग काम गर्न नपाएकोमा जागिरै छोडेको एक हवल्दार  सुरेन्द्र गुरुङले बताए ।

    गाँउले र सामान्य परिवारमा हुर्केर होला उनको न्यायलयले गरिव धनि, सानो ठुलो कहिल्यै छुटाएन । प्रहरी इन्चार्ज भट्टराई जनताको सेवा गर्न जस्तो सुकै भेष बदल्न पनि तयार हुन्थे ।
    पत्रकार गोपाल काफ्ले आफ्नो फेसबुकमा लेख्छन । “पथरीशनिश्चरेले कहिल्यै नबिर्सने एक सच्चा र कर्मठ सिपाही । हरेक नगरबासीको मन मनमा बस्न सफल प्रहरी अफिसर केशव भट्टराई (सिंगम) । आज उहाँले सुधारेको पथरी पुनः असुरक्षीत बन्दै गएको छ” ।

    https://www.youtube.com/watch?v=sLNA9Msj50Y

    “तपाईको नजरमा कति प्रतिशत सहि अफिसर हुनुहुन्छ भट्टराई भनेर काफ्लेले प्रश्न पनि गरेका छन्” ।
    काफ्लेको फेसबुकमा कमेन्ट गर्दै सबैले उहाँ जस्तै प्रहरीको पथरीमा खाँचो रहेको प्रतिक्रिया दिएका छन् ।

    तर उनको कर्य क्षमता र दक्षता देखेर नेपाल प्रहरीले उनलाई बढुवा संगै धेरै जिम्मेवारी दिएको छ । हाल उनि हेटौडा स्थीत अख्तियार अनुसन्धान आयोगमा रहनु भएको छ । डि एस पि भएपछि देश र जनताको सेवामा धुलो जिम्मेवारी थपिएको छ । सायद डि एस पि भएकाले होला उहाँलाई पथरी बासीले संझीए पनि पथरी इलाकामा आउन नपाएका ।

    तस्बिर मिलन नाल्बोको फेसबुकबाट लिइएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…