• पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म लडिरहने बताएका छन् । सदरमुकाम फिदिममा आइतबार भएको संघीय युवा मञ्च र संघीय विद्यार्थी युनियन पाँचथरको संयुक्त तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले लिम्बुवान सुनिश्चित नभएसम्म नथाक्ने बताए ।

    लिङदेनले एकात्मकवादीहरुले लिम्बुवान स्वीकार गर्न नसकेको आरोप लगाउदै संघर्ष मार्फत् नै लिम्बुवान स्थापना गरि छाड्ने दृढता व्यक्त गरे । अधिवेशनलाई पार्टीका केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङ, प्रान्तीय महासचिव संगम खनाल, दलित शिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमशे गजमेर र संघीय विद्यार्थी युनियनका लिम्बुवानका अध्यक्ष मोहन माबोले पनि सम्बोधन गरेका थिए ।

    यसैबीच तेस्रो जिल्ला अधिवेशनले प्रदीप थेबा लिम्बूको अध्यक्षतामा २८ सदस्यीय संघीय युवा मञ्चको नयाँ जिल्ला कार्य समिति निर्बाचित गरेको छ । समितिको उपाध्यक्ष सुमन योङहाङ, आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र हाङसरुम्बा र कोषाध्यक्ष आषिश सुहाङ निर्बाचित भएका छन् ।

    त्यस्तै सुवाश केरुङ नुनामको अध्यक्षतामा १५ सदस्यीय संघीय विद्यार्थी युनियनको नयाँ जिल्ला कार्य समिति निर्बाचित भएका छन् । नव निर्बाचित समितिको उपाध्यक्ष सम्झना योङहाङ, मचिन्द्र आङदेम्बे, सचिव इन्द्र पदालुङ, र कोषाध्यक्ष सिर्जना पयाङ्गु निर्बाचित भएका छन् ।
    नव निर्बाचित पदाधिकारी र सदस्यहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सपथ ग्रहण गराएको संघीय लिम्बुवान मञ्चका पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…