• विद्यार्थी भर्ना शुल्क बापतको रकम छुट तथा व्यवहारीक र संस्कार सहितको शिक्षालाई जोडदिदै नयाँ शैक्षिक सत्र २०७६ को लागि नयाँ विद्यार्थी भर्ना खुलाएको मोरङ मोडल स्कुलले उल्लेखनीय मात्रामा नयाँ विद्यार्थी भर्ना गराईरहेको छ।
    विद्यार्थीलाई पढाई सगै स्वास्थ्य र अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागी गराउन सकेमा मात्र नानीहरुको चौतर्फी बिकास हुन सक्ने कुरालाई आत्मसाथ गर्दै मोरङ मोडलले नयाँ विद्यार्थी भर्नाको आवहान गरेको हो।
    स्कुलले शैक्षिक सत्र २०७६ देखि निम्न थप विशेषताहरु सहित गुणस्तरीय, व्यवहारीक र सँस्कारसहितको शिक्षा प्रदान गर्ने जनाएको छ ।

    १. कक्षा १ देखि कक्षा १० सम्मका कक्षा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई क्रमश मासिक शुल्कमा १००%, ५०% र २५% छुटको व्यवस्था गरी सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो शैक्षिक स्तर वृद्धि गर्न प्रोत्साहन गर्ने ।

    २. प्ले–गु्रप देखि कक्षा ४ सम्म ९० मिनेटको एक कक्षा र दैनिक ४ बिषयको मात्र कक्षा संचालन गरी सम्पूर्ण विद्याथीहरुलाई पूर्ण शिक्षा प्रदान गर्ने ।

    ३. प्रत्येक बिषय को Unit Test र हरेक महिना Monthly Test गरि नानीहरुको प्रगती बिवरण अभिभावक ज्युहरुमा पेस गर्ने।

    ४. विद्यार्थीहरु को पढाई लाई अझप्रभाबकारी बनाउन अभिभावकज्युहरुले खेल्नु पर्ने भुमिका लाई उजागर गर्न अभिभावक अभिमुखिकरण कार्यक्रम बर्षमा कम्तीमा २ पटक आयोजना गर्ने ।
    ५. सम्पूर्ण विद्यार्थीहरुको हरेक महिना निशुल्क स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था गर्ने ।

    ६. विद्यार्थीहरुको अतिरिक्त क्षमता वृद्धिको लागि नियमित अतिरिक्त क्रियाकलापहरु जस्तै, स्वीमिङ, संगीत, गायन, नृत्य, आर्ट, रेडियो आर्जे, खेलकुद, कम्प्यूटर प्रशिक्षणको व्यवस्था गर्ने ।

    ७. स्थानीय धार्मिक, साँस्कृतिक, एतिहाँसिक र पर्यटकिय क्षेत्रहरुबारे जानकारी गराउने तथा विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्न नियमित अवलोकन भ्रमणको व्यवस्था गर्ने ।

    ८. खेलकुद क्षमताको विकास गर्न उत्कृष्ट खेल प्रशिक्षकहरुको व्यवस्था गरी विद्यालय भित्र तथा वाहिर नियमित अभ्यास गर्ने वातावरण मिलाउने।

    ९. वालवालिकाहरुलाई आत्मरक्षाका लागि उसु र कराते जस्ता खेलको अभ्यास गराउने ।
    साथै नयाँ युवापुस्ताहरुले व्यवस्थापन सम्लाहे पछि गुणस्तरीय शिक्षा मात्र नै यस विद्यालयको एकमात्र उद्देश्य रहेको व्यवस्थापनले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…