• काठमाडौं, ९ बैशाख । भारतको पञ्जाव नेशनल बैंक समेतको प्रमुुख सेयर लगानी रहेको एभरेष्ट बैंकमा कर्जाको व्याज निकै नै महंगो देखिएको छ ।

    राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई यसअघि न्युुनतम पाँच प्रतिशतमा सिमित राख्नुु पर्ने स्प्रेडदरलाई घटाएर तीन प्रतिशतमा झार्न निर्देशन दिईरहंदा बैंकले भने ग्राहक संग चर्को व्याज असुल्न नै लागि चार दसमलव ६९ प्रतिसतको स्प्रेड दर तोकेको हो ।

    स्प्रेड दर भनेको कर्जा र निक्षेप बिचको व्याजको अन्तर हो । जुुन बैंकमा स्प्रेड दर कम हुुन्छ, त्यो बैंकमा कर्जाको व्याज पनि सस्तो हुन्छ । स्मरण रहोस केही समयअघि मात्र उद्योगीह्रुलाई कर्जाको व्याज महंगो भएको भन्दै व्याज घटाउन सडक आन्दोलन गरेका थिए ।

    उनीहरुले कर्जाको व्याज घटाउनको लागि स्प्रेड दर सम्वन्धी व्यवस्थालाई कम गर्न पनि माग गरेका थिए । तर, पछिल्लो समय एभरेष्ट बैंकले भने आफ्नो बढ्दो खर्च धान्न कै लागि खुुद व्याज आम्दानी बढाउन स्प्रेड दर बढाएको छ ।

    सोही आधारमा एभरेष्टले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब २१ करोड रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…