बाहुनडाँगी बैशाख ९ । दाङ महिला जेसीजको वर्ष २०१९ को जेसीज साप्ताहि अन्तरगत दोस्रो दिन सोमवार बालबालिकाहरुलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
तुसीपुर नगरपालिका वडा नम्बर १८ बिजौरियामा रहेको असहाय बालविकास संसथामा रहेका १५ जना बालबालिकालाई खाद्यन्न सामाग्री, स्टसनरी सामाग्री, खेलकुदका सामाग्री, लुगा कपडाहरु सहयोग गरेको हो । जेसीजले ति बालबालिकाहरुका लागि ३ बोरा चामल, १५ केजी दहाल, आलु चिनीलगायतका सामाग्रीहरु सहयोग गरेको हो ।
सहयोग कार्यक्रमका प्रमुखअतिथि नेपाल संस्कृत विश्वविद्यालयका अध्यक्षरमेशप्रसाद ढकालले कुनै पनि मन्दिरमा धाउँदैमा धर्म नहुने र असहायहरुको साहरा बन्नु नै ठूलो धर्म भएको बताउनु भयो । साथै उहाँले दाङ महिला जेसीजको जेसीज सप्ताह सफलताको शुभकामना दिनु भयो ।
शाखा अध्यक्ष रेखा शर्माको सभापतित्वमा समपन्न कार्यक्रममा बालविकास नेपाल दाङकी अध्यक्ष विश्णु चौधरी शाखाकी पूर्व अध्यक्ष विणा विसीलगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संयोजक सुनिता थापाले स्वागत गर्नु भएको कार्यक्रमका बारेमा जिबा भसालले जानकारी गराउनु भएको थियो । सुजन पौडेलले आस्था पाठ गर्नु भएको थियो भने महासचिव अनिता ढकालले ञ्चालन गर्नु भएको थियो । कार्यक्रम अनुसार भोलि १० घोराहीको भरतपुरको खेल मैदानमा घैँटाफोर कार्यक्रम रहेको महासचिव ढकालले बताउनु भयो ।