प्राग ईतिहासकालमा प्राग्यज्योतीस रुपमा रहेको यो स्थान विभिन्न ऋषिहरुले आदिम कालमा ध्यान गरेको वुझिन्छ।विस्तारै प्राक्रितीक स्रोत साधनमाथी तत्कालीन शामन्त आधिपत्य जमिनहरु शासकको नियन्त्रणमा रहदाँ विभिन्न कालखण्डमा फरक शासकद्वारा शासित छ।विराट,मुरेहांग,धनपाल,सुनवर्सी,सेन हुदै एकिकरणमा नेपालको नक्सा भित्र रहेको पाइन्छ।
आधुनिक रुपमा २०३६सालमा पन्चायतवाट माहदेवा,ईटहरा,सिजुवा,झुर्कीया,वरडांगा गोविन्दपुर गाउँ पन्चायत वनाउएको यो क्षेत्र।गणतन्त्र पछीको संघिय संरचनामा वरडांगा २,३,६,८,९ र गोविन्दपुर २,५,६,८,९ वाहेक वा पुर्वको झापा सीमना र पश्चिम वक्राहा नदी रहेको मोरंगको दक्षिण पुर्वी क्षेत्र समेटिएको रतुवामाई नाम राखिएको नगरपालिकाको रुपमा विधमान छ।संघीय संविधानले स्थानीय सरकारको मान्यता दिएर १० वडा रहेको छ।माथी दिइएको शासकको केही वंसहरु,स्थानीय आदिवासी(थारु,सन्थाल,चमार)पहाडे रैथाने(वाहुन,क्षेत्री,राइ, लिम्वु) र २० सालमा घरफर्क अभियान मार्फ़त वर्मावाट फर्किएका नेपालीहरुको मिश्रीत वसोवास रहेको पाइन्छ।
मानिसका आवश्यकताहरु असिमीत वन्दैजाँदा।युवा शक्ती विदेश पलायनको वाघ्यता वा रहर।।यस्ले पार्न सक्ने दिर्घकालीन समाजको स्वरुमा परिवर्तन र हाम्रा पुर्विय सभ्यताको आधारहरु विलीन हुनसक्ने मुख्य समस्या आएको छ।धन कमाउन लामो वाटोजाने चलन कहिले र कहाँवाट शुरु भयो र कहाँ अन्त हुनेछ सायद यो रहस्यकै विसय रहला।फेरीपनी वस्तिनै रित्याएर मेला,मला र पर्वहरुमा परिवार संगै नहुनु कतै हाम्रो समाजलाई विभाजित गरेर हामिलाइ मेट्न प्रयास त हुदैछैन?अव हामीले गहिरो चिन्तन चलाउन जरुरी छ।
के भौतिक सम्पन्नताको असिमीत अभिलासा मात्र युवा पलायन भएको होत?किन २५ वर्स अगि खेती कमाइमै चलेको परिवारहरु आज डलरको कमाइले चलेन?हाम्रो मस्तिस्कमा कस्ले के रोपेर यस्तो वनाउदैछ?छोटकरीमा खेतवाट किसान निकालेर दैनिक उपभोग्य वस्तुमा परनिर्भर वनाउने कुरालाइ यहाँ राख्न चाहन्छु।
४६ को परिवर्तन संगै उदारवादको नाममा खुलेका कारखनाहरु वन्द गर्दै।सरकारी मातहतका कारखना निजी गर्दै। खेतको किसानलाई निकालेर क्रिसीजन्य उत्पादनको वजारलाइ नियन्त्रण गरियो।त्यसले कसरी विदेशको भाडाका कमारा र त्यसैले मेहनत गरेर वनाएको उत्पादन त्यसैलाइ वेचिरहेका छन।आधुनिकताको नाममा खुलेका एनजियोहरुवाट विस्तारै योजनावद्ध रुपमा यि काम भएका छन।
राज्य कमजोर वनाउदै शिक्षा,स्वास्थ्य,रोजगारको न्युनतम आधारमा मध्यम वर्ग निम्न मघ्यमवर्गको भरोसा टुटाउने।त्यसैको व्यवसायमा केही लगानी गर्न चाहनेको दिमाग भुट्ने।पुर्णतया सम्पुर्ण सुविधा किन्नु पर्ने वाघ्यता वनाउने वनाउने र जनताको उत्पादन क्षमता कमजोर वनाएर परनिर्भर वनाउने गहिरेर अघ्ययन गर्दा कहाली लाग्दो चित्र हामी माँझ देखिन्छ।विशेस गरि सरकारी संयन्त्र कसरी पेन्डुलम वनाइयो लेख्दा लामो हुनसक्छ स्थानिय रुपमा कसरी खेती विस्थापन गरियो यो विसय उठान गरिनेछ।आघुनिकताको भुत सवारहुनेहरुलाई पक्कै निछोडले अचम्म लाग्ला।
तर यि सवै चरणबद्ध र योजना वद्ध थिए।पहिले एनजियोको माघ्यमवाट केही पढेका र केही गर्न खोज्ने युवाको जोशलाइ प्रयोग गर्दै गोरुको ठाँउमा ट्याक्टर भित्राईयो।त्यसकोलागी विभिन्न एनजियो मार्फ़त लोनको व्यवस्थागरियो।दोस्रो गोवर ग्यासको नाममा गोवर गोवरमललाइ खेतमा पुगेन नदिनेगरी सवै घरमा व्यवस्था गरियो।संसारको कुनै देशमा ग्याँस प्रयोग गरिसकेपछी खेतमा नहाली फ्याक्दैन तर नेपालमा यस्तो प्रयोग गरियो।तेस्रो आधुनिक खेतीको नाममा युरोपका विभिन्न प्रविधीवाट वर्सौ परिक्षीत विउ विजन प्रयोग गराएर उर्वरभुमि तहसनहस गराईयो।नतिजा धान पसाउने वेलामा सम्म डिएपी प्रयोग अनिवार्य भयो।
चौथो र अहिलेको प्रयोग केही महिला भेला गर्ने र सामुहिक जमानीमा लोन दिने १ लाख सम्म जुन खाड़ी रास्ट्र जान पुगोस।यति भएपछी अहिले युवा जनशक्ती पुर्ण रुपमा खेत वाहिर।वुडा खाडाले खेती गर्र्ने।कुनकुन नाम र कसरी कोवाट आए सविस्तार व्याख्या यहाँ छैन।अहिले केभयो विनातलवी क्यालकुलेटर वोकेर खेतीमा पोशाउदैन भन्ने वहुरास्ट्रीय कम्पनीका कर्मचारी हरेक घरमा तयार भयो।यो पुँजीवाद हो यहाँ हतियारको राज्य कव्जा हुदैन।तर सवै निकाय निकम्मा वनाएर आयातमा परनिर्भर वनाएपछी किन अरु झमला पर्यो।
हिजो तानाशाही थिए इस्टइन्डीया कम्पनी मार्फ़त संझौतामा फलाम खाना,कपास खेती,खनिज उत्खनन र पेट्रोल खानी परिक्षण वन्द गरिए देशैभर।अहिले लोकतन्त्र छ दसकै वांछा भनिएका कार्यकर्ता किन्दै उत्पादन शुन्य भयो।सरकारी संयन्त्र तहसनहस अव वच्चा पढ्न सरकारी जादैन,विरामी सरकारीमा जादैन,सार्वजनिक वस कोही चढ्दैन अव परिवार कस्ले पाल्छ?जस्को पाखुरामा वल छ त्यो अवस्य विदेश गएर।
यो समन्वय समितीको उदेश्य यही समस्याको निराकरणको गहन छलफल गरेर खेतमा युवा छिराउन प्रयासरत हो।
आखिर यो सवैत राज्यले गर्छ कसरी यो सम्भव छ?धेरैको प्रश्न हो सो आधुनिक समयमा राज्यदल हो दल कस्तो छ त्यसका नेता कार्यकर्तामा भर पर्छ।नयाँ संविधान र सवै निर्वाचन सकिएर सवै संरचना तयार हुदापनी किन नतिजा दिएन?लामो अस्थिरताको जगमा वन्दै गरेको निकाय किन निकम्मा भए यि अनुत्तरित प्रश्नहरु छन।वर्सौ राज्यको वजेटलाइ निकम्मा वनाउन पनि र माथिको एनजियोको जालों संचालनमापनि अहिलेका स्थानिय दल र नेताको राम्रो हात छ।जानेर वा नजानेर भ्रममा परेर गर्न सक्छ आखिर गल्ती मान्छेवाटै हुने हो।विस्तारै वुझ्न ढिला नगरौ अवको युवा मेरोदल विचार वा त्यस्तो केहीको पछी मात्र कुद्छ।
जेजे गरेपनी छुट छ।विस्तारै माथिका संजालको जालों पहिचान गर्दै च्यातिने छ।कतिको अनुहार कुनरुपमा देखिने हो समयले देखाउला।स्थानीय सरकार युवा जोस र शिक्षीत ठानेर जनमत स्थापित थियो अपेक्षाहरु त्यही अनुसार थिए।तर उही पुरानै सोचले पार्टी कार्यलय चलाएको भ्रममा प्रतिनिधि पर्दा हामी युवा संवेदनशील भएका छौ।जायज नाजायज केकती काम हुदैछन नगर कार्यलय र ८ वटा वडा कार्यलय केही महिनावाट प्रतक्ष निगरानीमा रहेको २ वटामा चाडैनै शुरु गरिने जानकारी पनि होस दोहोरो सत्ताको भ्रममा नपर्नुहोला रेमिट्यान्सले राज्य चलाउने युवाले प्रावीधिको युगमा नगर सहि दिशामा ल्याउन सम्भव छ।।संजालको जालों च्यातिदा कम्तीमा युवा र शिक्षीत प्रतिनिधिको अनुहार नपरोस।संविधानको प्रावधान र जनताको हितलाई ध्यान राख्नुहोला।
अन्त्यमा,सवै रतुवामाईको युवा विच चाडैनै खेतमा कसरी युवा पसाउन सकिन्छ।यस्मा हाम्रो ध्यान रहनेछ।समस्याको चांगमात्र देखीयो स्वभाविक छ।यो सवैले देख्छ तर समाधान दिदैन हामीसंग समाधानको छलफलगर्ने र कार्यन्वयन गर्ने इच्छा शक्ति धेरै रहेकोले।यो समुहलाई समाज सेवी वा त्यस्तो केही अपेक्षा नगरिदिनु हुन सवै नगरवासीमा अनुरोध छ।यहाँत हाम्रा केटाहरुछन पैसा आउछ मेरो राजनितीक क़द वढ्छ समाजसेवी वन्नु छ।
यस्तो भ्रम र अपेक्षा कसैले नराख्नु होला कुनै निश्चित कार्यकोलागी वाहेक कही कतै पैसा उठाइने छैन।सवैक सकारात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा छ।तत्काल के गर्छ यस्ले यताधेरै नसोच्नु होला खेतमा मान्छे फर्काउने पहिलो उदेश्य हो।प्रवासको सिप र पुजीलाइ अधिकतम प्रयोग गरिनेछ।