• पथरी । मोरङको पथरीमा स्थानीयवाशीले आज पनि सडक जाम गर्दै आन्दोलन जारी राखेका छन् ।
    अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले आन्दोलन गरेका हुन् । उनीहरुले स्थानीय सरकार प्रहरी प्रसाशनको विरोध गरेका छन् ।

    आक्रोसित स्थानीयले नगरपालिकामा तालाबन्धी समेत गरेका छन् ।
    आक्रोशित भिडले इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन। ‘ हत्यारालाई कार्बाही गर’ महिला हिंसा अन्त्य गर’ शान्ती सुरक्षा कायम गर, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी सडकमा भईरहेका छन् ।
    यसैविच रीनाको रहस्यमय मृत्यु पछि उनका प्रेमी भनिएका कमल नेपाल हिजो साँझ पक्राउ परेका छन् ।

    शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।

    राती १२ बजेसम्म उनी कमल नेपालसँग फोनमा कुरा गरिरहेकी उनका छोराले बयान दिएका थिए । कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुसका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए ।
    प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरुले सडक जाम नै गरेका थिए ।

    आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रिनाको हत्यारा पतालगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…