पथरी । गत शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय थप आन्दोलित भएका छन । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन । स्थानीयले नगरपालिकामा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन । दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले संघर्ष समिित गठन गरेका थिए ।