• पथरी । ईलाका प्रहरी कार्यलय पथरीमा नाराजुलुस सहित पुगेका स्थानीयलाई तितरबितर गर्न प्रहरीले २ राउण्ड हवाईफायर गरेपछि प्रहरीको बिरोधमा स्थानीयले सडकमा टायर बालेर बिरोध गरेका छन । ईलाकाको गेटमा समेत स्थानीय महिलाहरुले प्रर्दशन जारी राखेका छन । प्रर्दशनका क्रममा एक जना घाईते भएका छन । रिना बस्नेतको न्यायको लागी माग गर्दा गोली चलाएको भन्दै प्रहरीबिरुद्ध नाराबाजी सहित स्थानीयले प्रर्दशन थालेका छन । पथरीमा दिनप्रतिदिन हत्या र हिंसाका घटना बढदै जाँदा स्थानीयहरु सुरक्षाको माग सहित सोमबारबाट सडकमा उत्रिएका छन । मंगलबार उनीहरुले नगरपालिका र ईलाका प्रहरी कार्यलयमा प्रर्दशन गरेका छन ।

    उनीहरुले राजमार्गमा चक्काजाम र नगरपालिकामा तालाबन्दी समेत गरेका छन । शनिबार बिहान नग्न अबस्थामा मृति भेटिएकी रिना बस्नेतको हत्यामा संलग्नलाई कारबाही र शान्ति सुरक्षाको मागसहित पथरीबासी आन्दोलनमा रहेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…