पथरी । सडकबाट प्रहरी हटेपछि स्थानीयले एक घण्टाका लागी पुर्बपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । स्थानीयले सडकबाट प्रहरी हटेर आफनो ठाँउमा गई बसेमा राजमार्ग खुलाउने शर्त राखेपछि प्रहरी त्याँहाबाट हटेपछि राजमार्ग खुलेको छ । आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले पथरीमा हवाईफायर र अश्रुग्याँस प्रहार गरेको थियो ।
पथरीका मेयर दिलिप राई र उपमेयर यमुना बिष्ट बाँस्तोलाले जनताको सुरक्षा गर्न र अपराधी पक्राउ गर्न नसक्ने प्रहरीको आलोचना गर्दै उनीहरुलाई हटन आग्रह गरेका थिए । अश्रुग्याँसका कारण पथरी हस्पिटल र काबेली हस्पिटलमा उपचाररत बालबालिकाको श्वासप्रश्वासमा समस्या देखापरेको छ । शनिबार बिहान नग्न अबस्थामा मृति भेटिएकी ब्यबसायी रिना बस्नेतको हत्यामा संलग्नलाई कारबाही र शान्ति सुरक्षाको मागसहित पथरीबासी आन्दोलनमा रहेका छन ।