• पथरीः दिनभर युद्द मैदान जस्ताे बनेकाे पथरी बजार अहिले भने सामान्य बन्दै गएकाे छ । शनिवार हत्या गरिएकी रीना बस्नेतकाे घटनाकाे सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै अान्दाेलन चर्काएका स्थानीय र प्रहरी बिच पटक पटक झडप भएकाे थियाे ।

    झडपका क्रममा पाँच जना घाइते पनि भएका थिए । प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भएकाे थियाे । साेहि निर्णय सुनाउन नगर प्रमुख र उपप्रमुख सडकमा अाउँदा प्रहरीले लाठि बर्साइ सकेकाे थियाे ।

    अश्रुग्याँस प्रहार गर्दै अान्दाेलनकारी खेदाउन प्रहरीले चालेकाे कदम अन्नतः असफल बन्याे । नगर प्रमुख दीलिपकुमार राइले अान्दाेलनकारीलाइ सम्बाेधन गर्दै संघर्षरत पक्ष , नगर क्षेत्र र प्रहरी प्रशासनबिच वार्ता गर्ने टाेली गठन गर्ने भन्ने बारे सहमती गरेकाे जानकारी दिए । मेयररले गरेकाे सम्बाेधन पछि स्थानीयले बिहान ९ बजे देखि बन्द रहेकेा राजमार्ग खुलाएका थिए ।

    अहिले पथरीकाे अवस्था सामान्य छ । सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…