पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल सोमबार साँझ नै पक्राउ परिसकेका छन ।
प्रहरी र स्थानीय बासिन्दा बिच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका छन । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई विराटनगर लगिएको छ भने मन्जु पौडेल,जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मध्यान्ह हवाई फायर र दिउँसो २ बजे अश्रुग्याँस प्रहार गरेको थियो ।
नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको थियो । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय सोमबार देखि थप आन्दोलित भएका थिए । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेको र प्रर्दशनका क्रममा प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका हुन ।
https://www.youtube.com/watch?v=O6cTQiHgiG0