• प्रेमप्रसाद भटराई(के.डी)
    पथरी । ३ दिनका लागि भनेर आन्दोलनका कार्यक्रम स्थगित भएपछि ४ दिनअघि नग्न अवस्थामा फेला परेकी पथरीकी व्यवसायी रिना वस्नेत हत्याकाण्ड यतिकै सेलाउने आसंका जनमानसमा वढेको छ ।

    शनिवार विहानै आफु डेरा गरि वस्ने घरको वाहिर मृत अवस्थामा फेला परेकी व्यवसायी रिना वस्नेतको हत्यारालाई कारवाहिको माग गर्दै स्थानियले २ दिन नाराजुलुस सहित प्रदर्शन गरेका थिए । प्रहरी निरीक्षक कमल वजगाईको व्यवहारवाट आक्रोसित वनेका प्रदर्शनकारीलाई तितरवितर पार्न ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

    शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले २ राउण्ड हवाइ फायर र अश्रुग्याँस प्रहार गरेपछि आन्दोलनले उग्ररुप लिएको थियो । नगरप्रमुख, उप–प्रमुख, राजनैतिक दलका नेता तथा स्थानिय अगुवाहरुको नेतृत्वमा वैठक वसि ३ दिनलाई कार्यक्रम स्थगित गरेपछि अहिले नगरमा घटनाको रहस्य यतिकै सेलाउने आसंका पैदा भएको छ । निर्मला हत्याकाण्डको प्रशंग जोड्दै अव यतिकै आनदोलन सेलाउने र अपराधीले उन्मुत्ति पाउने स्थानियको अडकलवाजी छ ।

    केहि महिनाको अन्तरालमै आधा दर्जन हत्याकाण्ड भए पनि कुनै घटनाको अपराधी हालसम्म पक्राउ नपर्नुले प्रहरीसामु स्थानियको विश्वास घटेको छ । सोही कारण प्रदर्शनकारीले प्रहरी निरीक्षक कमल वजगाईको राजीमा समेत मागेका थिए । घटनामा संलग्न भएको आसंका मृतकका प्रेमी कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…