• राजु पोखरेल

    दमक । मासिक १ सय रुपैयाँमा पढाउने भनेर चर्चामा आएको समता स्कुलले अभिभावक ठग्ने गरेको पाइएको छ । समताले पुस्तक, विद्यालय पोशाक र स्टेसनरीमा लाँखौको चलखेल गर्ने गरेको पाईएको हो । विद्यालयले स्कुलकै गेटमा त्रिपाल टागेर पुस्तक विक्रि गरिरहेको पाउन सकिन्छ । स्थानीय नेपाल पुस्तक पसलको नामबाट विद्यालयका प्रिन्सिपल छत्रप्रसाद चम्लागाईले १ लाख रुपैयाँ कमिसन लिएको स्रोतले बताएको छ ।

    पुस्तक विक्रिका लागि उनले शिक्षिका खटाएका छन् । विद्यालयले अहिलेसम्म पुस्तक सुची सार्वजनिक समेत गरेको छैन । पुस्तक व्यवसायीले पटक पटक विरोध गरेपछि विद्यालयका प्रिन्सिपल चम्लागाईले रकमको बार्गेनिङ गर्ने गरेको पुस्तक व्यवसायीको आरोप रहेको छ । भने विद्यार्थीहरुलाई समेत बिद्यालय पोसाक र पुस्तक बिद्यालय ले भनेकै पसलमा किन्न बाध्य पारिएको छ । दमकमा रहेको समता स्कुलको छेउमा नै सुर्ती जन्य पदार्थकोको खुलेयाम बिक्री बितरण हुदा समेत कसैको ध्यान जान सकेको छैन ।  नियम त कुनै पनि सार्वजनिक सस्थाको १०० मिटर वरपर बिक्री वितरण गर्न पाइदैन ।
    जेमा पनि कमिसन
    विद्यालयले पुस्तक विक्रिका लागि अग्रिम भुक्तानी माग गर्ने गरेको पुस्तक व्यवसायी बताउछन । विद्यालयका प्रिन्सिपल सिपी चम्लागाई यस्ता कुरामा पन्छने गरेका छन् । उनले सबै काठमाडौ तिर सेटिङ हुने बताउने गर्छन् । चम्लागाइ भन्छन् —आफुहरुले कसैसँग केही बिषयमा बार्गेनिङ नगरेको बताउछन् । आफुहरुसँग पुस्तक व्यवसायीले पुस्तकको सुचि मागेको तर काठमाडौ बाट आउनु पर्ने भएकाले दिन ढिला भएको बताउछन ।उनी भन्छन्— हामी केहीसँग बार्गेनिङ गर्दैनौ हामी त मात्र शिक्षा दिने हो । विद्यालयमा १ सय रुपैयाँ भन्ने शुल्क देखाउने दाँत मात्रै भएको अभिभावकको आरोप छ ।

    त्यसमा मासिक १ सय रुपैयाँ कम्प्युटर शुल्क भनेर उठाईन्छ । परिक्षा शुल्क मासिक २ र ३ सय रुपैया उठाउने गरेको अभिभावकको आरोप छ । तर विद्यालय प्रधानाध्यापक चम्लागाईको तर्क फरक रहेको छ । उनी भन्छन् हाम्रो सबै स्कुलमा एउटै शुल्क हुन्छ । तर कम्प्युटर भएको स्कुलमा चाहिँ कम्प्युटर बापत शुल्क लिइएको हो । तर मासिक शुल्क कम भएपनि अन्य सामाग्री को शुल्कले आफुहरुको ढाड सेकेको अभिभावकको गुनासो रहेको छ । एक अभिभावक भन्छन्— आफ्नु आर्थिक अवस्था कमजोर भएकोले आफना बच्चालाई पठाउन खोजेपछि मासिक शुल्क कम भएपनि पुस्तक पोसाक लगायतमा मंगाईले पढाउन नसक्ने अवस्थामा पुगेको उनले दुखेसो गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…